१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी व्यक्तिले ब्वाँसो बन्न खर्चिए ३० लाखभन्दा बढी

२४ पुष २०७९, आईतवार ०८:०९

पुस २४, काठमाडौँ | मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम खर्च गरेका छन् ।


विशेष प्रभाव र विशेष मोडलिङमा विशेषज्ञता हासिल गरेको जेपेट नामको एक जापानी कम्पनी अघिल्लो वर्ष चर्चामा आएको थियो । अडिटी सेन्ट्रलका अनुसार यो कम्पनीले आफ्ना एक ग्राहकका लागि कुकुरको विशेष सुट तयार गरेको थियो । ती ग्राहकको कुकुर झैँ जीवन बिताउने इच्छास्वरुप उक्त सुट तयार पारिएको थियो । हो, त्यहि कम्पनीले अर्को एउटा थप चुनौतीपूर्ण अर्डर आएको बताउँदै उक्त अर्डर यस्ता व्यक्तिबाट आएको हो जो निकै अघिदेखि ब्वाँसोको रुपमा बाँच्न चाहन्थे ।

‘म बाल्यकालदेखि नै जनावर प्रेमी थिएँ । टिभीमा केही वास्तविक देखिने जनावरको सुट देख्दा आफू पनि त्यस्तै हुन सोच्थेँ,’ नाम नखुलाइएका ग्राहकले जेपेटको वेबसाइटमा लेखे । ‘अन्तिम फिटिङमा मैले आफूलाई ऐनामा हेर्दा चकित खाएँ । यतिबेला मेरो सपना साकार भएको महसुस भयो ।


 ब्वासोँ बन्नका लागि ती व्यक्तिले जे जति खर्च गरे त्यसमा उनी निकै सन्तुष्ट छन् जस्तो देखिन्छ ।

‘पछाडिको खुट्टामा हिँडिरहेको वास्तविक ब्वाँसोजस्तो देखिनुपर्ने मेरो अर्डर कम्पनीका लागि गाह्रो थियो तर यो पूरा सुट मैले कल्पना गरेजस्तो ठ्याक्कै थियो,’ ती व्यक्तिले जेपेटलाई भने । ‘यो पहिरन लगाउँदा भेन्टिलेसनका कारण व्यक्तिले आरामदायी अनुभवसमेत गर्न सक्छन् । ’

जापानी कम्पनीका अनुसार यो अचम्मको प्रोजेक्ट पूरा गर्न उनीहरुलाई ५० दिन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल