प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसक"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसको विकल्प छैन: गुरुङ

६ असार २०७४, मंगलवार १२:४३

प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताउनुभएको छ । 

मुलुकमा विभिन्न समयमा भएका परिवर्तनहरु नेपाली कांग्रेसकै नेतृत्व, अगुवाई र त्यागले मात्रै सफल भएका स्मरण गराउँदै कांग्रेस युवा नेतृ गुरुङले स्थानीय तह निर्वाचनमा कांग्रेसको विकल्प नरहेको दाबी गर्नुभयो । 

तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा मगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ गुरुङले मुलुकमा अहिलेसम्म भएका परिवर्तन र त्यसबाट प्राप्त उपलब्धिहरुको संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको जग नेपाली कांग्रेसले मात्रै बसाउन दाबी  गर्नुभयो । 

सभामा नेतृ गुरुङले आठराई गाउँपालिकाको विकास र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सांझा विचार र धारणा तयार गरी संयुक्त उम्मेदवारी दिएको भन्दै स्वच्छ र इमान्दार छवि भएका गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन चुहानडाँडाबासीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सुशीला कन्दङवा, कांग्रेस–माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नारायण कुमार ईङनाम, उपाध्यक्ष पदका उम्मेदवार रमिला खनाल लगायत वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ