२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

एटीएमबाट पैसा निकाल्नु अगाडि जान्नैपर्ने कुरा

२ आश्विन २०८१, बुधबार ११:१९

काठमाडौं । पछिल्लो समयमा नेपालमा डिजिटल भुक्तानीको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ। अनलाइन शपिङ, मोबाइल रिचार्ज, बिजुलीको बिल तिर्ने, तथा अन्य दैनिक जीवनका कामहरू सजिलै अनलाइन माध्यमबाट गर्न सकिन्छ। ई–वालेट, मोबाइल बैंकिङ, र क्यूआर कोडबाट भुक्तानी गर्ने प्रणालीले जनताको जीवनलाई सरल र आधुनिक बनाउँदैछ। व्यवसायिक क्षेत्रदेखि साना पसलहरूसम्म डिजिटल भुक्तानीको प्रयोग व्यापक हुँदै गएको छ, जसले नगदको आवश्यकता कम गराउँदै छ।

 डिजिटल भुक्तानीको प्रचलन बढ्दै गए पनि, नेपालमा पूर्ण रूपमा नगदरहित प्रणाली स्थापित हुन सकेको छैन। दैनिक जीवनका आवश्यकता पूरा गर्न र आकस्मिक खर्चको लागि मानिसहरूले एटीएम प्रयोग गरेर नगद निकाल्ने प्रचलन जारी छ। तर, एटीएमबाट पैसा निकाल्दा सावधानी अपनाउनुपर्छ, किनकि सानो लापरवाहीले ठगीको शिकार हुनसक्छ।


विशेष गरी, ठगी गर्नेहरूले एटीएम प्रयोग गर्नेको एक गल्तीको फाइदा उठाएर बैंक खाताको पैसा निकाल्न सक्छन्। कतिपयले पिन नम्बर गोप्य राख्न नसक्दा, असुरक्षित स्थानमा एटीएम प्रयोग गर्दा वा स्किमिङजस्ता प्रविधिहरूको कारण ठगीको शिकार हुनसक्छन्।

आज हामी तपाईंलाई एटीएम ठगी र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिदैछौं  ।

कस्टमर सर्भिसमा कल गर्दा गल्ती

यस्ता धेरै घटना बाहिर आएका छन्, जसमा एटीएम मेसिनमा मानिसको कार्ड अड्किएको गुनासो आउने गरेको छ । धेरै पटक मेसिनमा कार्ड अड्किन्छ र आत्तिएर हामी त्यहाँ लेखिएको ग्राहक सेवा नम्बरमा फोन गर्छौं, तर यहाँ तपाईंले धेरै सावधान रहनु आवश्यक छ ।

कहिलेकाँही ठगहरूले एटीएममा कार्ड अड्काएका हुन् सक्छन् । ठगहरूले कार्ड बोक्ने पोर्टमा अर्को मेसिन इन्स्टल गर्छन् र त्यसपछि ग्राहक सेवा नम्बरको रूपमा आफ्नो नम्बर टाँसेर छोड्छन् । 

कल गर्नु अघि नम्बर कुन तरिकाबाट लेखिएको छ त्यसको निश्चित रूपमा जाँच गर्नु उपयुक्त हुन्छ । यदि कुनै सामान्य कागजमा नम्बर लेखेर टाँसिएको छ भने, त्यसमा कल नगर्नुहोस् ।

मेसिन जाँच गर्ने

एटिएमबाट पैसा निकाल्नु अघि र एटिएमभित्र जाने बित्तिकै, तपाईले गर्नु पर्ने काम भनेको राम्रोसँग जाँच गर्नु हो । वरिपरि हेर्नुहोस्, कुनै लुकेका क्यामेराहरू छन् कि । तपाईंलेएटीएम कार्ड स्लट पनि जाँच गर्नुहोस् । धेरै पटक कार्ड स्लटहरू वरिपरि कार्ड रिडर चिपहरू राखिएको हुन्छ, जसले एटीएम कार्ड डाटा र पिन कोड जानकारी चोर्न सक्छ । मेसिनमा केही नौलो त छैन् नी भनेर याद गर्नु आवश्यक हुन्छ ।

पिन इन्टर गर्दा सावधान हुनुपर्ने

यदि तपाईंको एटीएम पिन अपराधीहरूको लागि उपलब्ध छैन भने, तपाईंको खातामा छिर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा एटीएम पिन धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । एटीएम भित्र पैसा निकाल्न जाँदा त्यहाँ अरू कोही व्यक्ति हुनुहुँदैन् ।

यदि त्यहाँ अरू कोही उपस्थित छन् भने, उसलाई बाहिर जान वा पिन लुकाएर इन्टर गर्नुपर्छ । पिन इन्टर गर्दा, आफ्नो हातले एटिएम किबोर्ड छोप्नुहोस् र सकेसम्म मेसिनको नजिक उभिनुहोस् । ताकि कसैले तपाईको पिन नदेखोस् । 

एटीएम पिन र कार्ड कसैलाई नदिनुहोस्

धेरै पटक हामीले आफ्नो एटीएम कार्ड र पिन हाम्रा साथी वा आफन्तहरूलाई हतारमा वा आपतकालीन अवस्थामा पैसा निकाल्न दिन्छौं । यस्तो गल्तीबाट बच्नुपर्छ । अचेल यस्ता घटना पनि बाहिर आउन थालेका छन्, जसमा नजिकका मान्छे नै ठगीमा संलग्न हुन्छन् । यदि तपाईंले कसैलाई एटीएम कार्ड दिनु छ भने, तुरुन्तै कार्डको पिन परिवर्तन गर्नुहोस् र कारोबार के के भएको छ भनेर याद राख्नुहोस् ।

एटिएममा कसैको सहयोग नलिनुहोस्

एटिएममा अपरिचित व्यक्तिको मद्दत लिनु हानिकारक हुन सक्छ । पैसा झिक्न अलि बढी समय लागे पनि एटीएम नजिक कसैलाई आउन नदिनुहोस् र आफ्नो कार्ड र पिन बिर्सिए पनि अरुलाई मद्दतका लागि नभन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान