२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

एटीएमबाट पैसा निकाल्नु अगाडि जान्नैपर्ने कुरा

२०८१, २ आश्विन बुधबार ११:१९

काठमाडौं । पछिल्लो समयमा नेपालमा डिजिटल भुक्तानीको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ। अनलाइन शपिङ, मोबाइल रिचार्ज, बिजुलीको बिल तिर्ने, तथा अन्य दैनिक जीवनका कामहरू सजिलै अनलाइन माध्यमबाट गर्न सकिन्छ। ई–वालेट, मोबाइल बैंकिङ, र क्यूआर कोडबाट भुक्तानी गर्ने प्रणालीले जनताको जीवनलाई सरल र आधुनिक बनाउँदैछ। व्यवसायिक क्षेत्रदेखि साना पसलहरूसम्म डिजिटल भुक्तानीको प्रयोग व्यापक हुँदै गएको छ, जसले नगदको आवश्यकता कम गराउँदै छ।

 डिजिटल भुक्तानीको प्रचलन बढ्दै गए पनि, नेपालमा पूर्ण रूपमा नगदरहित प्रणाली स्थापित हुन सकेको छैन। दैनिक जीवनका आवश्यकता पूरा गर्न र आकस्मिक खर्चको लागि मानिसहरूले एटीएम प्रयोग गरेर नगद निकाल्ने प्रचलन जारी छ। तर, एटीएमबाट पैसा निकाल्दा सावधानी अपनाउनुपर्छ, किनकि सानो लापरवाहीले ठगीको शिकार हुनसक्छ।


विशेष गरी, ठगी गर्नेहरूले एटीएम प्रयोग गर्नेको एक गल्तीको फाइदा उठाएर बैंक खाताको पैसा निकाल्न सक्छन्। कतिपयले पिन नम्बर गोप्य राख्न नसक्दा, असुरक्षित स्थानमा एटीएम प्रयोग गर्दा वा स्किमिङजस्ता प्रविधिहरूको कारण ठगीको शिकार हुनसक्छन्।

आज हामी तपाईंलाई एटीएम ठगी र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिदैछौं  ।

कस्टमर सर्भिसमा कल गर्दा गल्ती

यस्ता धेरै घटना बाहिर आएका छन्, जसमा एटीएम मेसिनमा मानिसको कार्ड अड्किएको गुनासो आउने गरेको छ । धेरै पटक मेसिनमा कार्ड अड्किन्छ र आत्तिएर हामी त्यहाँ लेखिएको ग्राहक सेवा नम्बरमा फोन गर्छौं, तर यहाँ तपाईंले धेरै सावधान रहनु आवश्यक छ ।

कहिलेकाँही ठगहरूले एटीएममा कार्ड अड्काएका हुन् सक्छन् । ठगहरूले कार्ड बोक्ने पोर्टमा अर्को मेसिन इन्स्टल गर्छन् र त्यसपछि ग्राहक सेवा नम्बरको रूपमा आफ्नो नम्बर टाँसेर छोड्छन् । 

कल गर्नु अघि नम्बर कुन तरिकाबाट लेखिएको छ त्यसको निश्चित रूपमा जाँच गर्नु उपयुक्त हुन्छ । यदि कुनै सामान्य कागजमा नम्बर लेखेर टाँसिएको छ भने, त्यसमा कल नगर्नुहोस् ।

मेसिन जाँच गर्ने

एटिएमबाट पैसा निकाल्नु अघि र एटिएमभित्र जाने बित्तिकै, तपाईले गर्नु पर्ने काम भनेको राम्रोसँग जाँच गर्नु हो । वरिपरि हेर्नुहोस्, कुनै लुकेका क्यामेराहरू छन् कि । तपाईंलेएटीएम कार्ड स्लट पनि जाँच गर्नुहोस् । धेरै पटक कार्ड स्लटहरू वरिपरि कार्ड रिडर चिपहरू राखिएको हुन्छ, जसले एटीएम कार्ड डाटा र पिन कोड जानकारी चोर्न सक्छ । मेसिनमा केही नौलो त छैन् नी भनेर याद गर्नु आवश्यक हुन्छ ।

पिन इन्टर गर्दा सावधान हुनुपर्ने

यदि तपाईंको एटीएम पिन अपराधीहरूको लागि उपलब्ध छैन भने, तपाईंको खातामा छिर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा एटीएम पिन धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । एटीएम भित्र पैसा निकाल्न जाँदा त्यहाँ अरू कोही व्यक्ति हुनुहुँदैन् ।

यदि त्यहाँ अरू कोही उपस्थित छन् भने, उसलाई बाहिर जान वा पिन लुकाएर इन्टर गर्नुपर्छ । पिन इन्टर गर्दा, आफ्नो हातले एटिएम किबोर्ड छोप्नुहोस् र सकेसम्म मेसिनको नजिक उभिनुहोस् । ताकि कसैले तपाईको पिन नदेखोस् । 

एटीएम पिन र कार्ड कसैलाई नदिनुहोस्

धेरै पटक हामीले आफ्नो एटीएम कार्ड र पिन हाम्रा साथी वा आफन्तहरूलाई हतारमा वा आपतकालीन अवस्थामा पैसा निकाल्न दिन्छौं । यस्तो गल्तीबाट बच्नुपर्छ । अचेल यस्ता घटना पनि बाहिर आउन थालेका छन्, जसमा नजिकका मान्छे नै ठगीमा संलग्न हुन्छन् । यदि तपाईंले कसैलाई एटीएम कार्ड दिनु छ भने, तुरुन्तै कार्डको पिन परिवर्तन गर्नुहोस् र कारोबार के के भएको छ भनेर याद राख्नुहोस् ।

एटिएममा कसैको सहयोग नलिनुहोस्

एटिएममा अपरिचित व्यक्तिको मद्दत लिनु हानिकारक हुन सक्छ । पैसा झिक्न अलि बढी समय लागे पनि एटीएम नजिक कसैलाई आउन नदिनुहोस् र आफ्नो कार्ड र पिन बिर्सिए पनि अरुलाई मद्दतका लागि नभन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी