२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित योग गर्नोस्, यसरि रोग भगाउनोस्

१० चैत्र २०७३, बिहीबार ०८:०२


ध्रुवसागर शर्मा,म्याग्दी । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । 

रोगका कारण घरमै बसेर बित्ने उहाँको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उहाँ निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटिनुहुन्छ । 

श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त हुनुभएको छ । थापा र पुन त्यत्तिकै ठीक हुनुभएको होइन, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उहाँहरूले स्वास्थ्यलाभ गर्नुभएको हो । योग गरेर १५ दिनमै उहाँहरूको स्वास्थ्यमा परिवर्तन आएको हो । 

दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गर्नुहुन्छ । योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्न,े अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ । 

शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारका बयोवृद्ध नैनकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी, नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताउनुभयो । 

“पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सँन्थँे, कापीमा लेखेर लग्नुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ,” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भन्नुभयो । 

रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक नवीन जुग्जाली व्यक्त गर्नुहुन्छ । 

मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्नसक्ने उल्लेख गर्दै उहाँले अनुशासित समाजको निर्माण गर्न योग गर्नु श्रेयस्कर भएको बताउनुभयो । आठ प्रकारका प्राणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव मात्रै पार्ने ठोकुवा गर्नुहुन्छ । 

छिमेकी मुलुक भारतका झै नेपालमा समेत कक्षा ५ देखि कक्षा १२ सम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उहाँको ठम्याइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य