१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीब"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो योगमा बिहे गर्दै नगर्नुस् ! यस्ता छन् ११ कारण

२ असार २०७४, शुक्रबार १२:२०


१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीबीच गुण मिलान १८ भन्दा कम भयो भने विवाह गर्नु हुँदैन ।

३- जेठो छोरो र जेठी छोरीको बिहे जेठ महिनामा गर्नु हुँदैन ।

४- कुनै माताको गर्भ खेर गएको छ र पछि फेरि गर्भ रहेर त्यो गर्भबाट सग्लो बालक जन्मेको छ भने जन्मेको बालकलाई व्यावहारिक रूपमा जेठो मानिएपनि शास्त्रले जेठो मान्दैन ।

५- सहोदर दाजुभाइमध्ये एकको विवाह भएको ६ महिनासम्म अर्कोले विवाह गर्नुहुँदैन ।

६- घरमा बुहारी भित्र्याएको ६ महिनासम्म छोरीको विवाह गर्नुहुँदैन ।

७- बृहस्पति र शुक्र अस्त भएको बेलामा विवाह गर्नु हुँदैन ।

८- मलमासको बेलामा, सूर्य तुला राशिमा रहेको बेलामा तथा होलाष्टकमा विवाह वर्जित छ ।

९- पूर्वफाल्गुनी नक्षत्रमा विवाह शुभ मानिँदैन । देवी सीताको विवाह यसबेला भएकाले उहाँले जीवनमा अनेकौं दुःखकष्ट सहनुपरेकाले वाल्मीकि ऋषिले यो नक्षत्रमा विवाहलाई अशुभ मानेका छन् ।

१०- सहदोर बहिनी र भाइहरूको संस्कार ६ महिनाभित्र एकसाथ गर्नुहुँदैन । जुम्ल्याहा छन् भने चाहिँ यसमा छुट छ । 

११- छोरा र छोरी दुवै विवाहयोग्य भएका छन् भने पहिले छोरीको बिहे गरिदिनुपर्छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या