तिज आउनु निकै अघिदेखि नै धेरै स्थानमा तिजको रन्को बढ्ने गर्छ । समयको बदलिँदो परिवेशसँगै महिलाहरू जम्मा भई विभिन्न कार्यक्रमको आयोजना गरी दर खाने, नाचगान गर्ने गर्दछन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तिज आउनु निकै अघिदेखि नै धेरै स्थानमा तिजको रन्को बढ्ने गर्छ । समयको बदलिँदो परिवेशसँगै महिलाहरू जम्मा भई विभिन्न कार्यक्रमको आयोजना गरी दर खाने, नाचगान गर्ने गर्दछन् ।&n"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी मनाउनुस् तिज: तिजमा सुन्दर देखिन कसरी मेकअप गर्ने ?

२०७४, ८ भाद्र बिहीबार ०२:४३


तिज आउनु निकै अघिदेखि नै धेरै स्थानमा तिजको रन्को बढ्ने गर्छ । समयको बदलिँदो परिवेशसँगै महिलाहरू जम्मा भई विभिन्न कार्यक्रमको आयोजना गरी दर खाने, नाचगान गर्ने गर्दछन् । 

महिलाहरू हरितालिका तिजको अघिल्लो दिन नाचगान गर्ने र मध्यरातमा दर खाने गर्दछन् । तिजको दिन दिनभर धेरैजसो महिलाले पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीघार्युको कामना र अविवाहित युवतीले राम्रो वरको कामना गर्दै तिजको दिन पूजाआजा गरी व्रत बस्ने परम्परा छ ।

विपुला श्रेष्ठ, मनोविमर्शकर्ता: होलिस्टिक माइन्ड्स

तिजको दिन माइत जानु, छरछिमेक जम्मा भई नाचगान गर्नु राम्रो कुरा हो । तर, स्वास्थ्यको ख्याल नगरी पानी पनि नपिई व्रत बस्नु भने अनावश्यक छ । रक्तचाप, मुटुरोग, मधुमेह, ग्यास्ट्रिकजस्ता रोग भएकाहरूले बिर्सेर पनि खाली पेट व्रत बस्नु हुँदैन ।

गर्भवती महिलाले पनि व्रत बस्नु हुँदैन । स्वस्थ महिलाकै कुरा गर्दा पनि पानी नखाई घन्टौँ लाम लागेर मन्दिरमा उभिँदा बेहोस पनि हुन सक्छ । गर्मीमा शरीरमा पानीको मात्रा पर्याप्त नहुँदा जलवियोजन हुन सक्छ । यस्तो अवस्थामा महिला बेहोस हुन सक्ने सम्भावना बढी हुन्छ ।

आध्यात्मिक रूपमा पनि तनावपूर्ण रूपमा गरेको साधना, पूजाआजा, व्रतको फल नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । कुनै पनि शुभकार्य हृदयदेखि नै सकारात्मक भएर गर्दाको महत्व भने बेग्लै हुन्छ । त्यसैले धर्म पाउन, मनोकामना पाउन भनेर करबलले गर्नु राम्रो होइन । न त आध्यात्मिक रूपमा राम्रो हुन्छ, न त स्वास्थका दृष्टिबाट नै ।

प्राकृतिक उपचारमा पनि उपवास गराइन्छ । जुन शरीरका अंगहरूलाई विश्राम दिनका लागि गरिन्छ । उपवासको पनि सही व्यवस्थापन नगरी गर्दा फाइदाभन्दा बढी हानि हुन पुग्छ । तर, तिजमा भने स्वास्थ्यका लागि भन्दा पनि मनोकामना प्राप्त गर्नका लागि पानी पनि नपिई व्रत बसेको पाइन्छ । जुन स्वास्थ्यका दृष्टिबाट त्यति फाइदाजनक देखिँदैन ।

वर्षभर बेफुर्सद भई सबै आ–आफ्ना काममा लागिरहँदा तिजको अवसर पारी रमाइलो गर्ने मौका जुर्नु राम्रो कुरा हो । तिजमा परिवारका सदस्य, छिमेकीहरू जम्मा भएर खुलेर नाच्दा मनभरि गुम्सेका संवेग, भावना, उकुसमुकुस विर्सजन हुन्छ । 

अन्ततः यसो गर्दा मानसिक, भावनात्मक रूपमा स्वस्थ हुन्छ । विशेष गरेर असार–साउनको रोपाइँ सिध्याएर तिजको मौका पारी छोरीचेली माइत गई मिठो–मिठो खाई आराम गर्नुले पनि शारीरिक रूपमा स्वस्थ बनाउन सघाउ पुर्याउँछ । मिठो–मिठो खाने निहुँमा बढी गुलियो मिठाई, अत्यधिक गरिष्ठ भोजन पनि खानु हुँदैन ।

हिजोआज महिलाहरू तिजलाई देखासिकी, तडकभडकका रूपमा सिको गर्न थालेका छन् । यसले गर्दा सबैखाले महिलालाई त्यति सहज हुन सकेको छैन, तिज । समय परिवर्तनको क्रमसँगै हामीले तिजलाई पनि फरक तरिकाबाट मनाउनेबारे सोच्नु आवश्यक छ । 

पहिला–पहिला बढीमा २–३ दिनसम्म मनाइने तिज हिजोआज एक–दुई महिनाअघिदेखि नै सुरु हुने गरेको छ । तिजलाई देखासिकी, तडकभडक अनि शरीरलाई सास्ती दिनुभन्दा परिवारबीच भेटघाट, आत्मीयता बाँड्ने, तनाव विर्सजन गर्ने दिनको रूपमा मनाउनु राम्रो हुन्छ ।

तिजमा मेकअप कसरी गर्ने ?
कमला श्रेष्ठ: ब्युटिसियन

हिन्दू महिलाको महान् चाड तिज आज धुमधामका साथ मनाइँदै छ । एक वर्षपछि भेट भएका दिदीबहिनीहरू एक–आपसमा मनको वह पोख्दै छन् । यो वेला उनीहरूबीच सौन्दर्य प्रतिस्पर्धा पनि हुन्छ । 

कपडा, मेकअपजस्ता कुरामा आफूलाई अरूभन्दा फरक बनाउन उनीहरू मिहिनेत पनि गर्छन् । पहिरन जतिसुकै राम्रो भए पनि मेकअप राम्रो भएन भने नराम्रो देखिन सक्छ । त्यसैले आफूले लगाउने पहिरन र स्वास्थ्यलाई ध्यानमा राखेर मेकअप गर्नुपर्ने हुन्छ ।

-तिजमा महिलाहरू व्रत बस्ने भएकाले सकेसम्म हेभी लुगा नलगाउँदा राम्रो हुन्छ । लुगा सम्हाल्न सक्ने गरी मात्र लगाउनुपर्छ । सकेसम्म ब्राइट कपडा लगाएको राम्रो देखिन्छ ।

-सारी हेभी लगाएको छ भने हल्का गहना र कानमा टप लगाएको राम्रो देखिन्छ । लाइट मेकअप गर्नुपर्छ । पहिरन लाइट छ भने मेकअप हेभी गर्न सकिन्छ

-तिजमा कुर्ता र लेहेंगा लगाउने चलन पनि बढेको छ । त्यसैले कुर्ता र लेहेंगा लगाउँदा हल्का लगाउने । कुर्तामा मेकअप धेरै गरेको राम्रो देखिँदैन । कुर्तामा सिम्पल मेकअप राम्रो देखिन्छ ।

-हातमा धेरै चुरा लगाएको राम्रो देखिन्छ । उज्यालो कलरको ड्रेससँग म्याच हुने चुरा हातभरि लगाउँदा राम्रो हुन्छ । सुनभन्दा पनि बजारमा पाइने गहना लगाउँदा सुरक्षाका हिसाबले पनि राम्रो हुन्छ ।

मेकअपमा ध्यान दिऔँ 

गर्मी मौसम भएकाले सबै मेकअप सामान वाटरफ्रुफ प्रयोग गर्नुपर्छ । व्रत बस्दा शारीरिक रूपमा पनि कमजोर महसुस हुन्छ । मन्दिरमा पूजा गर्न पनि दिनभर लाइन बस्नुपर्ने भएका कारण मेकअप वाटरप्रुफ गर्दा राम्रो देखिन्छ ।

नेलपोलिस पनि लगाउनुपर्छ । अहिले त विभिन्न किसिमका नेल आर्ट पनि गरिन्छ । यसले पनि राम्रो नै देखिन्छ । सकेसम्म उज्यालो रङको नेलपोलिस लगाउँदा राम्रो हुन्छ । टीका पनि लगाउन छुटाउनु हुँदैन ।

स्यान्डल लगाउँदा फ्ल्याट हिल लगाउनुपर्छ । नाचगान गरिन्छ, लाइनमा बसिन्छ । शरीर थाकेको हुन्छ । त्यसैले पेन्सिल हिलभन्दा फ्ल्याट हिल राम्रो हुन्छ । औँठी सादा लगाउनु राम्रो । नाचगानमा पनि सहभागी हुने भएकाले कपडामा अल्झेर समस्या हुने गर्छ ।

आफ्नो स्वास्थ्यका लागि पनि पानी खानुपर्छ । पानी नखाँदा शरीरमा इन्फेक्सन हुने, एलर्जी हुने हुन्छ । साथै, पानी नखाँदा अनुहारको ग्लो पनि जान्छ । त्यसैले व्रत बस्दा पानी र फलफूल खाएर बस्नुपर्छ ।-नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा