एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, ध"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साबधान ! तपाइको स्मार्टफोन बिग्रेला, यस्ता ६ गल्ति कहिलै नगर्नुस

८ भाद्र २०७४, बिहीबार १८:०५

एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, धेरै फिचर्सहरु होस र ब्याट्रीले पनि लामो समयसम्म साथ दियोस् भन्ने चाहाना सबैको हुन्छ।

त्यहीअनुसार स्मार्टफोन कम्पनीहरुले यस्ता चाहनालाई ध्यानमा राखेर फोनको निर्माण गरेका हुन्छन्। तर हामीले फोन चलाउँदा गर्ने धेरै गल्तीले भने स्मार्टफोनको आयु कम गर्न भूमिका खेलिरहेका हुन्छन्।

जानी नजानी हामीले फोन प्रयोग गर्दा गर्ने गल्ती हटाउने हो भने फोनलाई धेरै वर्षसम्म बिग्रनबाट जोगाउन सकिन्छ।

रातभरी चार्जिङ

हामी मध्ये धेरैको बानी हुन्छ फोन चार्जमा राखेर निदाउने। हाम्रो बिजुलीबाट निस्कने करेन्टको प्रवाह एक समानको हुँदैन। त्यसैले यसरी रातभरी फोन चार्जमा राख्ने र बिहान निन्द्रा खुलेपछि मात्र चार्जबाट हटाउँदा त्यसले फोनको ब्याट्री तथा चार्जरमा असर पुर्याउने गर्छ र दुवैको आयुमा कमी ल्याउँदछ।

मेटल कभरको प्रयोग

फोन झरेमा टुटफुट नहोस् भन्ने उद्देश्यले फोनमा कभर हाल्ने गरिन्छ। त्यसैले फोनको सुरक्षा कवज अझ बलियो हुनुपर्छ भन्दै ‘मेटल कभर’ प्रयोग गर्ने गरिन्छ। मेटल कभरले फोनमा भएको एन्टेनाले राम्रोसँग काम गर्न पाउँदैन, जसले गर्दा फोनको नेटवर्कमा समस्या देखिने गर्छ।

नक्कली चार्जर तथा एयरफोनको प्रयोग

जुनसुकै कम्पनी वा जस्तोसुकै भएपनि चार्जर खाली छ भने फोनमा जोडिहाल्ने धेरैको बानी हुन्छ। कुनै ब्राण्डको फोनमा पिन ढिला बनाइएको हुन्छ भने कुनैमा छोटो त कुनैमा लामो। त्यसरी आफ्नो कम्पनी बाहेकको एयरफोन जोड्ने गर्नाले स्लट बिग्रिने धेरै सम्भावना रहन्छ।

बारम्बार रुट गर्दा

बारम्बार रुट गर्नु फोनका लागि निकै हानिकारिक मानिन्छ। धेरै रुट गर्दा फोनको ‘फङ्सनीङ’ पहिले जस्तो रहँदैन। त्यसरी रुट गर्दा फोनले धेरै पटक ‘वार्निङ’ समेत दिने गर्छ। रुट गर्दा फोनको इन्टरनल ड्यामेज हुन सक्ने पनि उत्तिकै सम्भावना रहने गर्छ।

लामो समयसम्म फोन स्वीच अफ नहुँदा

धेरैलाई फोन ‘स्वीच अफ’ भएको मन पर्दैन। ‘अफ’ नभई लगातार फोनले काम गर्दा यसको कार्यक्षमता घट्दै जान्छ। त्यसैले हप्तामा एक पटक फोनको पुरै ब्याट्री सकिएर अफ हुन दिनु पर्छ। त्यस्तै विभिन्न एपमा रहेको क्यासलाई पनि बेला बेला ‘क्लीयर’ गर्ने गर्नुपर्छ।

एप डाउनलोडमा असावधानी

एन्ड्रोइड फोनमा कहिले ब्लुटथ, कहिले कम्प्युटर त कहिले मेमोरी कार्डबाट हामी एपहरु डाउनलोड गरिरहेका हुन्छौँ। त्यस्तै प्लेस्टोरबाट ‘अनसेक्योर्ड सोर्स’ बाट समेत एप इन्स्टल गर्ने गर्छौँ।

यसो गर्दा ‘थर्ड पार्टी एप स्टोर’ तथा ‘साइड लोडिङ’ को कारणले फोनमा भाइरस आउने खतरा रहन्छ। यी भाइरसले फोन स्लो बनाउनुका साथै लोकेसन ट्रयाक तथा डाटा समेत चोरी गर्ने गर्छन्। त्यसैले एप डाउनलोड गर्नुपूर्व सावधानी अपनाउने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध