२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा याम सुरु भयो, यो याममा आफ्नो अनुहारको हेरचाह कसरी गर्ने थाहा पाइराख्नुहोस्

२० असार २०७६, शुक्रबार १३:०१

सास | बर्षा याममा आफैमा निकै शुन्दर प्रकृतिको देन हो । यो याममा पृथ्वीमा लाखौँ जीवनले सहज बाच्ने वातावरण पाउँछन् । त्यसो त बर्षा यामकै प्रभावले प्रकृतिमा हराभरा हुन्छ । बर्षाको पानीले वातावरणलाई नै सफा र स्वच्छ बनाइदिन्छ । वायुमण्डलमा मडारिईरहेको दुषित तत्वलाई बर्षालेनै पृथ्वीको धरातलमा मिलाइदिन्छ । आज हामीले बर्षा याममा आफ्नो शरीर, बिशेष गरि आफ्नो अनुहारको सुरक्षाको लागि केहि जानकारी दिने प्रयास गरेका छौं । बर्षा याममा आफ्नो अनुहारको छाला को साथै ओठ र आँखाको बिशेष हेरचाह गर्नुपर्छ । 


बर्षायाममा पानी परिरहने हुँदा मेकअपदेखि कस्ता-कस्ता कपडा लगाउने भन्ने कुरामा पनि ध्यान दिनु राम्रो हुन्छ । बर्षा याममा छालाको सुरक्षाको लागि अन्य याममा भन्दा बढी ध्यान दिनुपर्ने यससँग सम्बन्धित जानकारहरुको सुझाव छ । 

बर्षायाममा धेरै मेकअप गर्नु राम्रो हुँदैन । धेरै फाउन्डेशन लगाउनु हुँदैन । हल्का मात्र मेकअप गरेर घरबाहिर निस्कनु राम्रो हुन्छ । वास्तवमै भन्ने हो भने बर्षा याममा भारी मेकअप गर्दा तयसको असरले तपाइको छालाको छिद्रलाई बन्द गर्ने हुँदा त्यसले तपाइको छालामा हानी पुर्याउँछ ।

बर्षा याममा अनुहारलाई धुलो-मैलोबाट बचाउनको लागि स्किन टोनर लगाउनु पर्छ । बर्षा याम हो घामको खासै असर हुँदैन भन्ने नसोची सन क्रिम लगाउनु पनि राम्रो हुन्छ । कयौं मानिस बर्षा सिजनमा सनस्क्रीन लगाउन छोड्छन् तर तपाइँ त्यसो नगर्नुस । ताकी सनस्क्रीनको कारण घामको खतरनाक यूभी किरणबाट तपाइको अनुहार सुरक्षित होस् ।

बर्षा याममा अनुहार मात्र नभई ओठ र आँखाको पनि स्याहार गर्नु पर्छ । आँखा र ओठको आसपासको छाला कोमल हुन्छ । त्यसैले पनि त्यसको हेरचाह गर्नु पर्ने हुन्छ । आप लिप बाम (Lip Balm) को प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइको ओठको सुरक्षा गर्छ । आँखाको लागि आई क्रीमको प्रयोग गर्नु राम्रो हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह