२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलमा चार्ज टिकेन ? यसो गर्नुहोस्

२२ असार २०७६, आईतवार ०९:०५

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस

स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ –

१. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस् । साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस् । किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम गर्ने गर्छ ।

२. फोन प्रयोग गरिरहेको समयमा यो ध्यान राख्न जरुरी छ कि, फोनको ब्याट्री कहिल्यै पनि पूरै नसकियोस् । जब ब्याट्री दश प्रतिशतभन्दा तल जान्छ, मोबाइल चार्ज गर्नुस् ।

३. केही मोबाइल प्रयोगकर्तालाई यो भ्रम हुन्छ कि, फोनलाई सय प्रतिशत नै चार्ज गर्नुपर्छ तर त्यस्तो होइन । फोनलाई फुल चार्ज गर्नु आवश्यक हुँदैन ।

४. केही प्रयोगकर्ता फोन चार्ज भइसकेपछि पनि मोबाइलको चार्जर जोडिरहेका हुन्छन् । यसो गर्दा फोनको ब्याट्रीमा असर पर्ने गर्छ । त्यसैले पनि फोनलाई रातभरी चार्जमा राख्नु उपयुक्त हुँदैन ।

५. भाइब्रेसन र उच्च भोल्युमको रिंगटोनले ब्याट्रीलाई बढी छिटो सक्छन् । त्यसैले ब्याट्री अफ गर्न भाइब्रेसन पनि अफ गर्नुस् र रिंगटोनको भोल्युम पनि सानो राख्ने गर्नुस् ।

६. तपाईलाई लाग्न सक्छ, ब्याट्री सेभर एपहरु सबै ठीक हुन सक्छन् । तर त्यो गलत हो । सबै ब्याट्री सेभर एप ब्याट्री बचाउनका लागि उपयोगी हुँदैनन् । यस्ता एपले उल्टो ब्याट्री घटाउने हुनाले सही एप छुट्याएर मात्र प्रयोग गर्ने गर्नुस् ।

७. यदि फोनमा कम ब्याट्री छ भने फोनको ब्याकग्राउन्ड एप्स र वाइ फाइ पनि बन्द गर्नुस् । यसो गर्दा तपाईको ब्याट्री अझ बढी समयसम्म टिक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली