२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी १० गलत बानीले कतै तपाईंको दिमाग कमजोर बनाइरहेको त छैन ?

१४ श्रावण २०७६, मंगलवार ०५:०५

मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । 

यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ ।

मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन् ।

धुमपान

धुमपान स्वास्थको लागि हानिकारक छ । यसले जीवनलाई छोट्याउने मात्र होइन दिमागलाई पनि कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार धुमपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसको कारण स्मरण शक्तिमा कमी आउँछ ।

अल्छी

अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग नै धेरै गर्दैनन् । तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ । साथै हरेक दिन कसरत गर्दा पनि दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सक्छ ।

गलत बानी

आजभोलि मानिसहरुको जीवनशैली अन्तर्गत राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने जस्ता बानीहरु पर्छन् । राति अबेरसम्म ल्यापटप, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ । 

खानपानमा लापरवाही 

व्यस्तताका कारण कतिपय मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन् । जसले शरीर मात्र होइन दिमाग पनि कमजोर बनाउँछ । बिहान खाने विहानदेखि लिएर रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ । विहान खाली पेट बस्दा तपाईंको दिमागले काम गर्न सक्दैन र त्यसपछि धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले गर्दा तपाईं दिनभरी राम्रोसँग काम गर्न सक्नुहुन्न ।

पानी कम पिउँदा

तिर्खाएको मानिसले भन्दा पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ । यदि तपाईँ लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले तपाईंको दिमागलाई ताजा बनाइराख्छ र कुनै पनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

एक्लोपन

केहि मानिसहर भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन् । लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्ने अनुसन्धानमा उल्लेख भएको पाइन्छ । 

तनाव

तनावले पूरै शरीरको शत्रु हो । त्यसैले तनावबाट मुक्त हुन जरुरी छ । तनावले दिमागमा नराम्रो असर गर्छ । जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ । धेरै तनाव ग्रन्थीको उत्पादन हुँदा दिमागमा प्रत्यक्ष असर पर्छ ।

ईयरफोन

तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन र हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन्छ ।

निन्द्रा

एकजना स्वस्थ्य व्यक्तिलाई हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ । यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि निन्द्रा पुगेन भने दिमागले भोलिपल्ट राम्रोसँग काम गर्न सक्दैन । जसले गर्दा दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह