संस्कृतिबाट बिमुख हुँदै गईरहेको हाम्रा चाडवाड आधुनिकताको नाममा बिकृति घुसाउदै छाडा बनेको सर्वबिधितै छ । कता गए ति बिरहीका गीतहरु ? ति हातका थपरिहरु, ति मजुरा, ति खैजंडी ? घरमा फुपू दिदि, दिदि-बहिनिको त्यो रौनक सबै हराए । हाम्रो संस्कृती हामीहरुलेनै हो जोगाउने हो, अरु कोही आएर जोगाउनेवाला छैन । संस्कृतीलाई कसरी कुन वाटोमा लैजाने भन्ने कुरा कलाकारको हुन्छ तर त्यो समग्र सवै कुरालाई सहि तरिकाले अगाडी लैजाने कुरा नेपाली भएको नाताले एक-एक तपाई हामीको पनि हो ।
हरेक कुरा समयसँगै परिमार्जन हुन जरुरी पनि छ तर परिमार्जनको सिलसिलामा आफ्नो बिषय-बस्तुको मूल्य-मान्यतानै बिचलित हुने गरि परिमार्जन गर्नु कतिको जायज हो ? तीज गित, दोहोरी जस्ता हुन थाले, जहाँ मौलिक लय नै छैन । न त शब्द नै छन । सासू-ससुराले गरेको दमन र पिडाका रोदनहरु, श्रीमानले किनिदेको सारीको कुरा, धेरै छोरी भएर दु:ख पाएको कुराहरु, उतिबेलाको तीज गितमा झल्किने गर्थे । अनि यस्तै-यस्तै गितहरु आज पनि उत्तिकै कर्णप्रिय छन् । जस्तै:
कहाँमा जान्छौं रानी चरी वगाल ? वरिलै भगवानलाई भेट्न ।
भगवानलाई भेट्दा के-के पाहुर ल्याउँछौं ? वरिलै फुतपाती अछेती
दैलो मुनीको कागतीको विरुवा, रिमीझिमी पानीमा सारौं वरिलै
तिम्रो हाम्रो मायाँ-प्रेम वस्यो, धिरे-धिरे मायाँ मारम् वरिलै ।
यसपालिको तिजमा दाजै लिन आएनन्, अग्लो डांडा हेरि-हेरि रोए बरिलै
जस्ता खालका गित कता हराए ? कता हराए ति अरु पुराना भाका र पुरानो दर खाने परम्परा ?’ तिजका लय समेटिएका शब्दहरु दाजु तीजमा लिन नआएको बियोगान्तमा गाइन्थ्यो ।
'ससुराले भन्नुहुन्छ, दाइजो थोरै ल्यैकि हुन, सासु ले भन्नु हुन्छ दाइजो ल्येनिन् ।
'वर्षा दिनका तीजमा बाबा लिन आउदा, यो घरको चटारोले अघि लाई जान पयिना
'वर्षा दिनका तीजमा दाजै लिन आउदा, यो घरको चटारोले अघि लाई जान पयिना ।
यी कर्णप्रिय गितहरु हामीले विर्सदै गएका छौं, यो पटक्कै ठिक होइन । समय बदलियो र समयसँगै महिलाको जिउने जीवन शैली वदलियो होला । शोषण र दासता हट्दै गए होलान् । महिला अघि बढ्दै गए होलान् । महिलामा आधुनिकता छायो होला, तर आधुनिकताको नाममा तीजको रौनकलाई उत्तिकै उत्ताउलो र तडक-भडक बनाउनु कत्तिको उचित हो ? मायाँ-प्रेमका कुरा लाने र ल्याउने कुरा भाग्ने-भगाउने कुराहरु तीज गितमा गाएको सुन्दा लाग्छ, अब तीजमा गाउनका लागि शब्द नै सकिए ।
हुनत अहिले तीजलाई पार्टि प्यालेस, होटल तथा रेस्टुरेन्टहरुमा मनाउने प्रचलन भएको छ । यो संस्कृतीको जगेर्ना गर्ने भन्दा पनि संस्कृती विग्रने स्थिती होइन र ? तीजको नाममा ड्रिङ्स पार्टि, वायिन पार्टी, तडक-भडक वढि भयो ।
दर भनेको त सुद्ध साकाहारी ढकनी, तामाको तरकारी, काक्राको अचार, अनदीको खाजा लगायत खाएर मनाईने परम्परा हो । दर भनेको तीजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो-मिठो परिकार हो । दरका रूपमा चौरासी व्यञ्जन तयार गरिन्छ तर पनि ढकनीलाई दरबाट हटाउने हो भने त्यो दर हुनै सक्दैन । किनभने संस्कृति भनेको परम्परा हो र यसलाई संरक्षण गर्नुपर्छ । त्यसकारण ढकनीलाई दरमा समावेश गर्न नबिर्सौं ।
चेली-बेटी बोलाई नाच-गान गर्दै राति १२ बजेसम्म खाँदै रमाइलो गरौँ ! ढकनी बनाऊ, दर खाऊ, तीजमा रमाऊ ।
चाहिने सामग्रीहरु:
- १ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने
- घिउ ३०० ग्राम
- दुध ६ लिटर
- चिनी ४०० ग्राम
- ड्राई फ्रुट्स (काजु, बदाम, किसमिस, क्षुवारा – २५० ग्राम)
- ल्वाङ, सुकमेल, मरिच एवम् अलैंचीको जैफलको धूलो ।
पकाउने विधि
१. कसौडीमा घिउ तताउने ।
२. तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने ।
३. खैरो भएपछि एकछिन सेलाउन दिने ।
४. सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।
५. छोपेर चलाउने ।
६. चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।
७. त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।
८. ल्वाङ, सुकमेल, मरिच एवं अलैंची जैफलको धूलो राख्ने ।
९. केही समय ढकनाले छोपेर राख्ने ।
अब यो परिकार खानका लागि तयार भयो । घिरौलाको तरकारी, काक्राको अचार, गाडेको तामाको अचार, भुटेको आलुसंग दरको आनन्द लिई नाचगान तथा शिवजीको आराधना गरौ ।
सम्पूर्ण हिन्दु धर्मवावलम्बी नारीहरुमा तीजको हार्दिक मंगलमय शुभकामना ! सबैका पोइ राम्रा होउन, नभएकाले राम्रा पाउन् भन्ने पूर्ण आशा श्री पशुपति नाथसंग राख्दै उपवासको समयमा पानी अत्याधिक पिऊ !
- सेफ लक्ष्मण प्रसाद भण्डारी (अध्यक्ष)
ग्लोबल नेप्लिज सेफ फेडेरेशन