२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी पाँच कारणले कहिले पनि विवाह गर्नुहुँदैन, के-के हुन् पाँच कारण ? जान्नुहोस

५ कार्तिक २०७६, मंगलवार १५:५३

कसै न कसैको दबाबमा अधिकांश किशोर किशोरीहरुको विवाह छिट्टै हुने गर्दछ, उनीहरुले विवाह आफ्नो खुशीले गरेका हुँदैनन् । अनि पछि गएर पछुताउँछन् । तपाईं पनि यस्तै बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने यी कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला 

परिवारको दबाव-प्राय: अधिकांश परिवारका सदस्यहरुले अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । तरु त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भैरहेको हुन्छ ।

आफन्तको दबाव- आमा–बुवाले कहिलेकाहीँ कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

बढ्दो उमेरको चिन्ता- परिवारका सदस्यहरुले ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । तिमीसँग कसले विवाह गर्छ  ? जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन, त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ । छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ ।

सम्पत्ति-  आर्थिक सम्पन्नता र रहनसहन देखेर कतिपय व्यक्तिहरु विवाहका लागि तयार हुन्छन् । तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।

ब्रेकअपलाई बिर्सन-कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दु:खी हुन थाल्छन् । त्यस्तो बेला उनीहरुसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य