२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबाहको पहिलो रात भुलेर पनि नगर्नुस् यी ६ गल्ति

१७ कार्तिक २०७६, आईतवार १५:४०

यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ, बिबाहको दिन देखि नै जीवनको  एक नयाँ अध्याय पनि सुरु हुन्छ |


यसै कारण पनि धेरै कुरा जान्न जरुरी हुन्छ ताकी भविष्यमा बैबाहिक जीवन शुखदायी होस् | बैबाहिक जीवन सुरु भएको दिनदेखि नै निकै सतर्कता अपनाउनुपर्ने हुन्छ, सतर्कता नअपनाउदा बैबाहिक नातानै सुरुवातदेखि बिग्रन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ |

थाहा पाउनुहोस्- बिबाहको पहिलो रात तपाइँले के-के कुरामा ध्यान दिनु जरुरी छ ?

१. बिबाहको पहिलो दिन आफ्नो पुराना कुरा नखोल्नुस | पुराना कुराकै कारण बैबाहिक नातामा पहिलो दिनदेखि नै दरार पर्न सुरु हुन सक्छ | त्यसैले आफ्नो साथीले पुराना कुराको बारेमा सोधीहाले पनि कुनै कुरा नखोल्नुस बरु बिभिन्न बहाना बनाउन सकिन्छ |

२. बिबाहको पहिलो रात उसको परिवारको विषयमा कुरा नगर्नुस् | यसले आफ्नो जीवनसाथीमा नराम्रो असर पर्न सक्छ |

३. बिबाहको पहिलो रात रोमान्सको लागि हतार गर्नुहुँदैन | पहिलो रात एक-अर्कालाई बुझ्ने रात भएकाले सकेसम्म जीवनसाथीलाई नै रोमान्सको लागि तयार पार्नुपर्छ | सकेसम्म उसैले चाहना राखेमा मात्र उसको इच्छा पूर्ति गर्ने प्रयास गर्नुपर्छ | अन्यथा आफैले उ तयार नहुँदासम्म रोमान्सको बिषयमा कुरा गर्नु हुँदैन | बिबाहकै रात सकेसम्म छिटो सारीरिक सम्बन्धको लागि हतार गर्नु राम्रो होइन |

४. बिबाहको पहिलो रात ध्यान दिनुस् कि अब उसको सबैभन्दा नजिकको साथी नै तपाई हो | उसको कमजोर गुणलाई पनि बलैयो बनाउने प्रेरणा दिन सक्नुपर्छ | उसलाई दु:ख-सुख जुनसुकै परिस्थितिमा पनि साथ दिन सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ | सकेसम्म उसको कमजोर पाटोलाई खोतलेर त्यस पक्षलाई तपाइले साथ दिन तयार छु भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ |

५. बिबाहको पहिलो रात एकोहोरो आफ्नो कुरा मात्र गर्नु हुँदैन, उसको कुरा पनि निकै ध्यान दिएर सुन्नुपर्छ | उसको कुरा सुनीदिँदा उसलाई निकै राम्रो लाग्छ |  साथै उसले गरेको कुरामा चित्त नबुझे पनि उसलाई आफ्नो राय नराख्नुनै उत्तम हुन्छ | तर प्रतिक्रिया मागेको खण्डमा भने विचार पुर्याएर मात्र जवाफ दिनुपर्छ | सकेसम्म उसको कुरालाई समर्थन गर्नु नै उत्तम हुन्छ | उसले मनको कुरा खोलिरहँदा सुनिदिनुपर्छ | साथै समस्याको बिषयमा कुरा उठाएको खण्डमा त्यसको उपयुक्त जवाफ पनि दिन सक्ने हुनुपर्छ |

६. यदी सारीरिक सम्बन्धको बारेमा जिज्ञाशा राखेमा पनि सबै खुलेर बोल्नु रामो हुँदैन | बिबाहको पहिलो रात सुहागरात भन्ने गरिन्छ र त्यो दिन सारीरिक सम्बन्धको बिषयमा पनि कुरा उठ्न सक्ने हुँदा पहिलो दिननै शारीरिक सम्बन्धको लागि दवाब नदिनु राम्रो हुन्छ | तर उसलाई तपाई प्रति शारीरिक सम्बन्धमा उत्साहित बनाउन भने सक्नु पर्छ | साथै उ पूर्ण रुपमा तयार छ भने शारीरिक सम्बन्ध राख्दा पनि राम्रो हुन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य