२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्नु अगाडी हरेक जोडीले यी ५ काम गर्न नछुटाउनुहोस

२०७३, ३० भाद्र बिहीबार ०८:५७

प्राय कतिपय मानिसहरुले सानातिना कुराहरुमा ध्यान नदिदा कतिपय बिबाहित जोडीहरुको सम्बन्ध बिग्रने गरेको छ । विहेको केहीसमयसम्म त सबै सामान्य नै रहन्छ । तर अचानक केही त्यस्ता समस्याहरु आउँछन्, जसले वैबाहिक जीवनमा नकारात्मक असर पुर्याउछन् । त्येसैले हरेक जोडीले सुत्नु अगाडी यी कामहरु गर्न नछुटाउनुहोस ।

हरेक जोडीले बेडरुममा पनि केही कुराको विषेश ध्यान दिनुपर्छ । कतिपय अन्जानमा भएको गल्तीले सम्बन्धमाथि ठूलै असर पर्न सक्छ । त्येसैले यी नियम को पालना गर्नुस तपाईको वैबाहिक जीवन सुखमय हुनेछ ।

१. सुत्नुभन्दा अगाडी हातमा मोबाइल लिने बानी छ भने हटाईहाल्नुस  । अझ सकेसम्म बेडरुममा टिभी नराख्दा राम्रो । सक्नुहुन्छ भने म्युजिक प्लेयर राख्नुहोस् र मधुर आवाजका साथ मजा लिनुहोस् । सुत्नुभन्दा पहिलेको समय ल्यापटप, टिभी र मोबाइलमा बिताउनुभन्दा आफ्नो जीवनसाथीसँग बिताएमा सम्बन्ध सुमधुर हुन्छ ।

२. धेरै बेरसम्म एक–आपसमा कुराकानी गर्नुहोस् । फरक–फरक तरिकाले माया दर्साउनुहोस् । छोएर, तारिफ गरेर अथवा मनका भावना साटेर प्रेम अभिव्यक्त गर्नुहोस् ।

३. यदि दुवै जनाको सुत्ने समय अलग–अलग भएमा सबैभन्दा पहिले यो बानी सुर्धानुहोस् । तपाईहरु दुवैजना सँगै सुत्न कोशिस गर्नुहोस् । यस्तो नहोस् कि एउटा निदाउने अर्को काममा व्यस्त हुने ।

४. तपाई आफ्नो जीवनसाथीलाई सुत्नुपूर्व गुडनाइट किस दिन नभुल्नुहोला । यी कुराहरुले तपाईको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन बल पुर्याउँछ ।

५. एकले अर्कालाई पुरै ध्यान दिनुहोस् र तारिफ गर्नुहोस् । सानो–सानो प्रशंसा नै तपाईको जीवनसाथीलाई एकदम खुसी बनाउने छ । सुत्नु अगाडी आफू उनको लागि महत्वपूर्ण भएको महशुस गराउनुहोस् । यस्ता कुराहरु सकेसम्म दिनहुँ गरेमा एक–अर्काप्रति विश्वास बढ्नेछ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ