८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

२२ आश्विन २०७३, शनिबार १४:४९

असोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्तिपिठ मध्ये डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा लाग्ने महाअष्ठमी मेलामा शनिबार बिहानै देखि दर्शनार्थीको घँुईचो लागेको थियो ।  हरेक बर्ष बडा दशैंको महाअष्ठमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाबाट पनि महत्वका साथ मेला भर्न आउने गर्दछन् । 

महाअष्टमीका दिनमा भाकल गरे अनुसार राँगा, बोकाको बली दिने गरीन्छ । आजको दिनमा उग्रतारा मन्दिरमा दर्शन गरे मनले चिताएको पुरा हुने जनविश्वास रहँदै आएको छ ।  किम्वदन्ती अनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगे पछि देवी प्राकट् भएको र दर्शन दिए पछि बिधिवत रुपमा त्यस दिन देखि महागौरी दुर्गा र कालीकाको स्वरुपमा उग्रतारा भगवतीको पुजाआजा गर्दै आएको स्थानीयको भनाई छ । मेला भर्नका लागी छिमेकी जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डोटी सुदुरपश्चिम एवं भारतवाट समेत दर्शनार्थी आउने गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू