कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको मझुवागढी पुग्न पदमार्ग निर्माण

१ कार्तिक २०७३, सोमबार ०३:०४

कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । 

जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिक रुपमा तीन आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । 

पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज भएको गढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । 

सदरमुकाम दिक्तेलबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने गढीलाई संरक्षण र विकास गर्न परियोजनाले रु ४० लाख ५० हजार सहयोग गरेको छ । तीन वर्षअघिदेखि निर्माणको काम थालिएको पदमार्ग हालै सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो । 

समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर जङ्गलले घेरिएको सो गढीमा अहिले दैनिक ५०/६० जना आन्तरिक पर्यटक घुम्न र विभिन्न ठाउँको दृष्य अवलोकन गर्न आउने गरेका छन् । 

गढी परिसरमा पर्यटकका लागि वर्षात्को समयमा बस्ने पाल तथा पानीको व्यवस्थासमेत मिलाइएको छ । 

मझुवाको अर्थ माझ भन्ने बुझिन्छ । मझुवा गढीको पश्चिम दिशामा महुरेगढी, हाल नुनथला गाविसमा रहेको छ । त्यस्तै, पूर्वमा चुइचुम्वागढी याम्खा गाविसमा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल राजापानी गाविसमा रहेको छ । 

चारैतिर गढी रहेको मझुवा बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । गढीमा हरेक वैशाखे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता