पुस ८, डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ । 

विकास तथा प्रचारप्रसारको अभाव "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ । 

विकास तथा प्रचारप्रसारको अभाव "/>

2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओझेलमा डोल्पाको पर्यटन


पुस ८, डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ । 

विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो। 

प्रसिद्ध बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली, नेपालकै गहिरो शे–फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध से–गुम्बा, विश्वकै अग्लो मानव बस्ती धो तराप तथा नेपालकै दोस्रो ठूलो सुलिगाड झरना यहाँका प्रमुख आकर्षक गन्तव्य भएर पनि दुर्गम र प्रचारप्रसार हुन नसक्दा यस्ता क्षेत्र ओझेलमा पर्दै आएका हुन् । 

त्रिपुराकोट गाविसमा रहेको त्रिपुरा सुन्दरी मन्दिर प्रचुर सम्भावना बोकेको एकमात्र प्रमुख धार्मिक सम्पदा हो ।नेपालका अन्य मन्दिरभन्दा पृथक् भौतिक संरचना रहेको यस मन्दिरसम्म सहजै पुग्न सकिए पनि प्रचारप्रसार हुन नसक्दा मन्दिर ओझेलमा परेको स्थानीय पुजारी विष्णु न्यौपानेले बताउनुभयो । 

अर्का पुजारी लक्ष्मी शर्माका अनुसार डोल्पासम्म पुग्नलाई सडक यातायातको विकास भए विदेशबाट पनि हजारौँ धार्मिक पर्यटक भित्र्याएर आर्थिक लाभ लिन सकिन्छ । “यसका लागि राज्यले विशेष कदम चाल्नुपर्छ” – उहाँले भन्नुभयो । 

सडकको सहज पँहुच नहुँदा पनि नजिकै रहेका दुईवटा मष्टा भवानी मन्दिरमा भूत, भविश्य र वर्तमानको अग्रिम जानकारीका लागि प्रत्येक दिन सयौँ भक्तजन आउने गर्छन् यी धार्मिकस्थलमा दर्शन गर्नका लागि उच्च ओहोदाका व्यक्तिसमेत हेलिकप्टर लिएर आउने गरेको पुजारी शर्माले बताउनुभयो । 

भूगोलले डोल्पालाई ठगेपनि प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँको विकासका लागि राज्य अग्रसर हुनुपर्ने स्थानीय विकास अधिकारी सागर मिश्रले बताउनुभयो । 

यस क्षेत्रको विकास गर्न सके राज्यलाई करोडौँ बराबरको राजस्व पर्यटन क्षेत्रबाटै सङ्कलन हुने र यहाँका स्थानीयवासीको आर्थिकस्तर वृद्धि हुने कुरामा कसैको दुईमत नरहेको उहाँको भनाइ छ । 

नेपालकै गहिरो शे–फोक्सुन्डो तालसम्म पुग्न एकदमै कष्टकर भएकाले त्यहाँ जान खोज्ने पर्यटक बीचबाटोबाटै फर्कन गरेको स्थानीयवासी रणबहादुर कार्कीले बताउनुभयो । 

सडकले नजोडिएको डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थललाई स्तरोन्नति नगरेकाले पनि यहाँको पर्यटन व्यवसाय ओझेलमा परेको पर्यटन व्यवसायीले बताए । 

सडक सञ्जाल पर्यटन क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसको विकासबिना पर्यटन विकास गर्न सम्भव नभएको सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताउनुभयो । 

डोल्पालीको जीवनस्तरसँग प्रत्यक्ष रुपमा जोडिएको यार्सागुम्बा पछिल्लो समयमा लोप हुँदै गएकाले डोल्पा र डोल्पालीको आर्थिकस्तर खस्कँदो अवस्थामा रहेको अवस्थामा राज्यले डोल्पाको पर्यटन क्षेत्रमा विकास गर्न चासो दिए यहाँका बासिन्दाको आर्थिकस्तरमा समेत सुधार आउने उहाँको दाबी छ । 

यहाँ ¥याफ्टिङको प्रचुर सम्भावना बोकेका नदी नालसमेत सुनसान छन्, ठूलो भेरीमा ¥याफ्टिङ व्यवसाय सञ्चालन गरेर थुप्रै पर्यटक भित्र्याउन सकिन्छ, यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । 

यार्सागुम्बालगायतका दुई सयभन्दा धेरै प्रजातिका बहुमूल्य जडीबुटी पाइने भएकाले तिनको संरक्षण तथा दिगो व्यवस्थापनका लागि सोच्ने हो भने यसबाट पनि राज्यले राम्रो आम्दानी गर्न सक्ने अध्यक्ष बुढाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही