२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

होटल व्यवसायि संघ ओखलढुंगाको दोस्रो साधारण सभा सम्पन्न

१६ पुष २०७३, शनिबार ०२:५९

पुस १६,ओखलढुंगा । होटल व्यवसायि संघ ओखलढुंगाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको अध्यक्षता तथा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको प्रमुख आतिथ्यतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । यसैविच जिल्लामा सञ्चालित होटलहरुलाई थप व्यवस्थित र व्यवसायिक बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । सभालाई सम्बोधन दिदै अधिकांश बक्ताहरुले जिल्लाका होटलहरु निर्वाहमुखी मात्रै बढि भएकाले त्यसलाई थप व्यवस्थित र व्यवसायिक बनाउन सुझाव दिएका हुन् । साधारण सभाबाटै होटल  व्यवसाय सञ्चालनको निति बनाएर अघिबढ्न सबैले सुझाएका थिए । 

संघको साधारणसभाको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले पर्यटन विकासका लागि होटलहरुको महत्वपूर्ण भूमिका हुँने भन्दै होटलहरु व्यवस्थित,स्वच्छ, सफा हुनुकासाथै प्रभावकारी सेवा दिने ढंगले अघि बढ्नु पर्ने बताउनुभयो । लोकल मदिरालाई व्यवसायिक रुपमा उत्पादन गर्ने र पिउन योग्य बनाएर बजारमा विक्री वितरण गरिए त्यसलाई प्रशासनले सहयोग गर्ने तर त्यसो नगरे निगरानी गरिरहने उहाँको भनाई थियो । 

कार्यक्रममा नेपाली कांग्रेससका जिल्ला सचिव रुद्र अधिकारी,नेकपा एमालेका जिल्ला उपाध्यक्ष नेत्र प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका संयोजक मोहन खड्का, सङ्घिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धिरेन्द्र रुम्दाली, नेकपा माओवादी क्रान्तिकारीका रुद्र फुयाल लगाएतले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मिलन केसीले होटलहरुमा गैरकानुनी गतिविधि सञ्चालन नगर्न र अव्यवस्थित रुपमा मदीरा विक्री वितरण नगर्न आग्रह गर्नु भयो । होटलहरुलाई व्यवस्थित गर्न र समाजिक प्रतिष्ठा माथी आँच आउन नदिन आफु निरन्तर लागिगर्ने उहाँको भनाइ छ । प्रमुख केसीले प्रशासनले गलत नियतले काम नगर्ने समेत स्पष्ट पार्नुभयो । 

कार्यक्रममा होटल व्यवसायि संघका अध्यक्ष थगेन्द्रराज राइले अनेकौँ चुनौतिका बाबजुत बामेसर्दै गरेको व्यवसायि संघलाई सबै निकाय बाट सहयोग गरिनु पर्ने धारण राख्नु भयो ।   जिल्लाको पर्यटन विकासको एउटा महत्वपूर्ण अङ्ग होटल भएकाले यसलाई व्यवस्थित गर्दै सबै होटल व्यवसायिहरुलाई एक ढिक्का भएर छातासंगठनमा आउन आग्रह समेत गर्नुभयो । होटल व्यवसायि संघलाई जिल्ला तहका राज्यका निकायहरुमा हुँने महत्वपूर्ण निर्णय प्रकृयामा समेत सहभागि नगराइको प्रति राइले आपत्ती जनाउनुभयो । साधारण सभाकै अवसरमा संघले उत्कृष्ट व्यवसायि शेर्पा होटल एण्ड लजका प्रोपाईटर कन्नुरी शेर्पालाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान