(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।&"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जलवायु परिवर्तको प्रभावः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

१९ माघ २०७३, बुधबार ०३:४३

(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । 

जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । 

“जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो”– जिल्ला वन कार्यालयका नेपाली शाहले भन्नुभयो, “धेरै चिसो हुने स्थानमा पुस, माघमै गुराँस फुलेको देखिएको छ ।” 

उहाँका अनुसार जलवायुमा अहिले विश्वव्यापी उष्णीकरण बढ्दो छ । विश्वव्यापी रूपमा तापक्रम ० दशमलव ०४ डिग्री सेन्टिग्रेडले बढिरहेको छ । तर, यो आधारभन्दा नेपालको औसत तापक्रम तराई र हिमालको अनुपातमा ० दशमलव ०६ डिग्री सेन्टिग्रेडले बढ्दै गएको छ । 

दुई हजार ६९० मिटर उचाइको बारेकोट क्षेत्रमा यसपटक हिउँ नै परेन । जाजरकोटकै अग्लो यो भू–भागमा बर्सेनि पुस र माघमा हिउँ पर्दै आएको थियो । नायकवाडा, रोकायगाउँ, रामीडाँडा, मजकोटलगायतका उच्च लेकमा पनि यो वर्ष हिउँ परेन । 

हिउँ नै नदेखेकाले यी क्षेत्रमा छिटो गुराँस फुलेको देख्न पाएका छन् । “अहिले पहिलोपटक पुस महिनामै मदाने जङ्गलमा गुराँस फुलेको देखें”– नायकवाडाका चक्रबहादुर सिंहले भन्नुभयो । “यो वर्ष चिसो भएको थाहा नै पाइएन, माघ महिनामै गर्मी बढ्यो”– उहाँले भन्नुभयो । माघको घामले शरीरमा पसिना आएको पहिलोपटक अनुभव गरेको अर्का जनक शाहीले भन्नुभयो । 

चिसो स्थानमा धान फल्नु र उत्पादन बढ्नु, हिउँ छिटोछिटो पग्लनु, जलवायु परिवर्तनको सकारात्मक प्रभाव भएपनि कृषिमा देखिएका नयाँ नयाँ रोग, नयाँ कीरा फट्याङ्ग्रा र फरक प्रकृतिका लामखुट्टे लगायतको वृद्धि नकारात्मक असर भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो । 

“त्यस्तै पानी पर्ने दर पनि पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ”– थोरैथोरै पानी धेरै समयसम्म पर्ने गरेकामा अहिले लामो समय नपर्ने र प¥यो भने एकैपटक पर्ने गरेको छ । गर्मीका दिन बढ्नु र जाडोको समय घट्नु पनि जलवायु परिवर्तनकै असर भएको शाहको भनाइ छ । 

यसको प्रभावले जीवजन्तुले बासस्थान नै फेर्न थालेका छन् । यस वर्ष हिउँदे वर्षा नै नभएकाले पनि बालीनालीदेखि वनजङ्गल र जन्तुमा त्यसको असर देखिँदै जाने, आगलागीको घटनासमेत बढ्न सक्ने उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा