–तपेन्द्र धमला
कक्षा : ९ A
श्री बगलामुखी राधाकृष्ण थार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


–तपेन्द्र धमला
कक्षा : ९ A
श्री बगलामुखी राधाकृष्ण थार"/>
१४ माघ २०८२, मंगलवार
पर्यटन

कक्षाकोठा बाहिरको पढाई र सिकाइ : शैक्षिक भ्रमण : (यात्रा संस्मरण)

११ फाल्गुन २०७३, बुधबार १३:५५



–तपेन्द्र धमला
कक्षा : ९ A
श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरिया ।

विद्यार्थी जीवन हरेक मानिसको लगि अत्यन्तै महत्वपूर्ण समय हो । जुन समयमा विद्यार्थीहरुले धेरै कुराहरुमा सिकाइ गर्नुपर्ने अनिवार्यता हुन्छ । यही कुरा बुझ्न र सिक्न उद्येत रहने भएकोले होला विद्यार्थी जीवनलाई समग्र मानव जीवनको कालखण्डको उषाकालको संज्ञा दिइएको हो । यस्तै धेरै कुराहरु सिक्नको लागि शैक्षिक भ्रमण पनि एक प्रभावकारी माध्यम हो । जसका माध्यमबाट हामीले आफ्नो जीवनमा ज्ञानको दायरालाई फराकिलो बनाउने अवसर प्राप्त गर्दछौँ । 


यही कुरालाई मध्यनजर गर्दै हामी बगालामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुले शैक्षिक भ्रमणको योजना तयार बनाएका थियौँ । हामीले भ्रमणको लागि नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरु चाँदनी दोधारा, सिद्धबाबा मन्दिर, महाकाली नदी, घोडाघोडी ताल लगायतका क्षेत्रहरुको भ्रमण गर्ने कार्यक्रम तय गरी २०७३ पौष १ गते साँझ ६ बजे विद्यालयमा जम्मा भएर ७ बजेतिर प्रस्थानको तयारी ग¥यौँ । ८६ जनाको टोली अत्याधुनिक सुविधा सम्पन्न बसमा २ जना गुरुहरु कृष्ण प्रसाद तिमिल्सिना र काली प्रसाद थारु हुनुहुन्थ्यो । हामी बसमा निकै नै रमाइलो गर्दै गयौँ । कोही साथीहरु बसमा निदाएका थिए भने कोही भने रमाइलो गर्दै नाचगानका साथ थिए । म पनि कतिखेर निदाएछु पत्तै भएन । तर मेरो नजिकमा रहेका साथीले दोधारा आयो भनेपछि म व्युझिएँ । घडि हेर्दा त विहानको ३ बजिसकेको रहेछ । सबै झ¥यौँ । चाँदनी दोधारा आयो भनेपछि सबैमा एक खाले उमङ्ग छाएको थियो । म पनि त्यही उमङ्गसँगै उमङ्गिएँ । नजिकैको धारामा गएर मुख धुँदा निकै आनन्द आयो । अझ पुल हेर्दा त झन् आनन्दको सिमा नै थिएन । कतिखेर पुलमा चढेर खुरुरु दगुरौँ झै भएको थियो । मैले पुलको नाम मात्र सुनेकोले यो मेरा  लागि नयाँ अनुभव सँगाल्ने सुनौलो मौका बनिरहेको थियो । सँगै जानुभएका गुरुहरुसँग हामीले अनुमति मागेर पुलमा प्रवेश ग¥यौँ । 

पुल हेर्दा त निकै छोटो लागको थियो तर पुलमा हिँड्दा त साह«ै लामो पो रहेछ ! पुलको आकार त पहाड चढेजस्तै पो रहेछ ! कतै ओरालो कतै उकालो । १४५२.९३ मिटर लामो पुल पार गर्न हामीलाई त झण्डै ३० मिनेट लाग्यो र फर्कन पनि त्यत्ति नै समय लागेको थियो । पुललाई वारपार गर्दा गर्दै मलाई त निकै थकाइ लागिसकेको थियो । यो पुल त एसियाकै दोस्रो लामो झोलुङ्गे पुल रहेछ जुन कुरा मैले पुलको शुरुमा राखिएको साइनबोर्डमा हेरेर थाहा पाएँ । ३ घण्टा जति समय हामीले पुलमा नै वितायौँ र तत्पश्चात हामी धार्मिक स्थल सिद्धबाबाको मन्दिर दर्शनका लागि जान तयार भायौँ । 

करिब १ घण्टाको यात्रापछि हामी सिद्धबाबाको मन्दिरमा पुग्यौँ । जहाँको मनोरम हराभरा वातावरणलो हामीलाई निकै लोभ्यायो । विभिन्न देवी देवताका मन्दिर तथा मूर्तिहरुले निकै शोभायमान रहेको थियो सिद्धबाबा मन्दिर परिसर । त्यहाँको सबै दृश्यहरु अवलोकन पछि हामी महाकालीको पुल अवलोकनका लागि लाग्यौँ । जहाँबाट विद्युत उत्पादन गरिएको रहेछ । त्यो नदी भारतमा प्रवेश गरेपछि शारदा नदीको नामले चिनिने रहेछ । 

त्यो दृश्य देख्दा मेरो मन निकै भावुक भयो । हामी जलश्रोतमा यति धेरै धनी भएर पनि परनिर्भर भइ बाँच्नु परेको रहेछ । मलाई त यस्तो लाग्यो नेपालले आँफ्नै खुट्टामा आँफैले बञ्चरो हानेको रहेछ । यसरी भारतर्पm बगेका नदीहरुको पानीलाई नेपाल आँफैले सदुपयोग गर्न सकेको खण्डमा नेपाल आजसम्म कति अगाडि बढिसक्ने थियो होला । कति युवाहरुले रोजगारी पाएर आज विदेशीको गुलाम बन्न पर्दैनथ्यो होला ! मलेसिया लगायत खाडी मुलुकको तातो घाम खाएर अरुको देशमा रगतपसिना बगाउनु पर्ने त थिएन, मनमनै सोचेँ ।  अरुको देशमा बगाउने पसिनालाई आफ्नै देशको माटोमा बगाउन सकेमा आफ्नै माटोले कति आशिष दिने थियो होला । सम्झनाका लागि केही तस्वीरहरु खिच्दै करिब २ घण्टा जति हामीले त्यही बितायौँ । फर्केर महेन्द्रनगरमा आई खाना खायौँ र हामी अब घोडाघोडी तालको अवलोकनका लगि कैलालीतर्पmको यात्रामा हानियौँ । 

करिब १ घण्टाको अवधिमा हामी घोडाघोडी तालमा पुग्यौँ । हत्केलाको आकारमा रहेको यो तालको कूल क्षेत्रफल १३८ हेक्टर रहेछ । तालको वरपरको दृश्य निकै मनोरम थियो । मन्दिरहरु बनाइएका रहेछन् । नजिकै रहेको घोडाघोडि मन्दिरको नामबाट यो तालको नाम घोडाघोडी राखिएको रहेछ । यो ताललाई वि.सं. २०२५ मा योगी नरहरिनाथले ‘कपिल’ ताल भनी नामाकरण गरेका रहेछन् । अत्यन्तै आकर्षक रहेको त्यो तालको अवलोकन गर्नका लगि विभिन्न स्थानहरुबाट मानिसहरु आउने रहेछन् । हामी पुगेको दिन पनि तालको अवलोकनका लागि धेरै मानिसहरु आएका थिए । मलाई तालको अवलोकन गर्दा गर्दैै यस्तो कुराको याद आयो कि यो राज्यको सरकाले ताललाई अझ व्यवस्थित गर्न सकेमा पर्यटनको प्रवद्र्धन हुने कुरा सुनिश्चित छ । 

यस ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रको सूचीमा सूचीकृत गरिएको रहेछ । यसरी घोडाघोडीको सिमसार क्षेत्रको अवलोकनपश्चात मनभरी एउटा भिन्न अनुभवहरु सँगाल्दै हामी घरतिर फर्कनका लागि बस चढ्यौँ । 

त्यहाँबाट हामी ३ घण्टामा घरतिर आयौँ र आ–आफ्नो घरतर्फ गयौँ । यसरी यो २ दिनको भ्रमणबाट मैले के कुरा सिकेको छु भने हामीले जसरी कक्षाकोठाभित्र मात्रै विषयवस्तुहरुलाई अध्ययन ग¥यौँ त्यो भन्दा पनि राम्रो र प्रभावकारी अनि स्मरणीय सिकाइ त कक्षाकोठा भन्दा बाहिर पनि हुने रहेछ जसले प्रतक्ष्य ज्ञान हासिल गर्दै सिकाइलाई चीरस्थायी बनाउन सकिने रहेछ । त्यसैले अध्ययनका साथसाथै शैक्षिक भ्रमणहरुका माध्यमबाट पनि हामीले ज्ञानको दायरालाई फराकिलो बनाउन सक्ने रहेछौँ नि त साथीहरु ! हैन र कसो ? 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन