चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले मह"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

८ चैत्र २०७३, मंगलवार ११:१६


चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । 

समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई तालको रुपमा वर्गीकरण गरिएको बताउनुभयो । “तालले पर्यटनको आगमनसँगै माछापालन र मनोरञ्जनमा ठूलो सहयोग पुगेको छ,”उहाँले भन्नुभयो । 

नेपालका बाँतर (सर्दार), बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, झाङ्गड, केवट, सवास (राझी), खुना, कुमाल, कुसहर माझी, पोडेलगायत समूहले तालतलैयाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । 

सबैभन्दा धेरै तालतलैया भएका जिल्लामध्ये हुम्लामा तीन सय ८१, ताप्लेजुङमा तीन सय ८०, कपिलबस्तुमा तीन सय ५१, सोलुखुम्बुमा तीन सय ३९, रुपन्देहीमा दुई सय ८९, बाँकेमा दुई ४३, धनुषामा दुई सय ३० तथा डोल्पामा २१० ताल रहेका तथ्याङ्क छ । 

विसं २०६३ फागुन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालका सम्पूर्ण ताल तलैया, दह, कुन्ड, पोखरी एवम् सिमसारको संरक्षण तथा सम्बद्र्धनका लागि समितिको स्थापना भएको थियो । समितिले ताल संरक्षणका लागि सम्पूर्ण तालको तथ्याङ्क सङ्कलन गरी सरकारलाई आवश्यक परामर्श दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…