सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । 

यसको प्राकृतिक सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । 

यसको प्राकृतिक सुन"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

२०७३, १० चैत्र बिहीबार ०७:५६

सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । 

यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति लिइरहेका हुन्छन् । 

पौराणिक कथनअनुसार पवित्र कालीगण्डकी नदीको उद्गमस्थल मुक्तिनाथदेखि नदी बगेर आएका बखत रामपुर नगरपालिका साविक खालीवन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ नदी बग्नेक्रममा खैरी नाम गरेकी गाई ब्याएर बसेको भन्ने कथन रहेको छ । 

गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोही बाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने किम्बदन्ती रहेको छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिनिन्छ । नदी बगेर फर्केको दक्षिणतिरको भागमा ठूलासाना गरी १० वटा जति ओढार रहेका छन् । यी ओढारमा त्रेतायुगमा ऋषिमुनि यहाँ आएर बसेको पौराणिक कथन रहेको यसै क्षेत्रका स्थानीय बासिन्दा एवम् साविक खालीवन गाविसका पूर्व गाविस सचिव एकराज अर्याल बताउनुहुन्छ । 

सदरमुकाम तानसेनबाट खालीवनको बाटो हँुदै रामपुर झर्ने जोकोही पनि खैरेनी वनको अपार प्रकृतिले दिएको दृश्य नियाल्दै झर्ने गर्दछन् । खालीवनको माथिको डाँडाबाट झन्डै आधा घन्टाको ओरालो बाटो खैरेनी वनको दृश्य अवलोकन गर्दै गर्दा फेदीमा झरेको कसैलाई पत्तै हँुदैन । कतिले त मोबाइल, क्यामेरा झिकेर यही खालीवनको माथिको डाँडाबाट फोटो खिचेर बस्ने गर्छन् । खैरेनी वनको दृश्य नियाल्नकै निम्ति पक्की सडक छोडेर जब्गादीबाट कच्ची सडक हुँदै रामपुर बजार पनि झर्ने गर्छन् । 

अति सुन्दर मनै लोभ्याउने प्रकृति नियाल्दै मन भित्रभित्रै प्रकृतिका विभिन्न छटासँगै डुबुल्की मार्दै फेदीमा झर्दा जोकसैलाई पनि सपनाबाट विपनामा ब्युझिएजस्तो आभास हुन्छ । यो न कुनै बनावटी हो न कुनै कल्पना, यथार्थ प्रकृतिको सुन्दरता हो । 

यहाँबाट उत्तरतर्फ बगेको कलकल कालीगण्डकी नदीले खैरेनी सामुदायिक वनलाई घेरेको अनौठो अपार दृश्य देख्ने कवि, गीतकार, पत्रकार मात्र होइन सबै तह र तप्काका मानिसको मन लोभ्याइरहेको हुन्छ । 

अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेको वनलाई ठूलो खैरेनी वन भनेर यहाँका स्थानीय वन समूहका उपभोक्ताले नामाकरण गरेका छन् । 

यस नदीले घेरेको टापु आकारको वनभित्र गौतमबुद्धको मूर्तिसहितको कुटी निर्माण तथा एउटा निर्माणाधीन पौवा रहेका छन् । यहाँ रहेको कुटीमा आँपचौरका स्थानीय बासिन्दा मोहनीलाल अर्यालले नित्य पूजा, संरक्षण गरी विगत आठवर्ष अगाडिदेखि कुटीमै बसोबास गर्दै आउनुभएको छ । 

पर्यटकीय क्षेत्रको विकासका लागि रामपुर नगरपालिकाले गत वर्ष रु एकलाख ७५ हजार र यस आर्थिक वर्षमा ८० हजार रकम विनियोजन गरेको थियो । सो रकम वनभित्र एकवटा पौवा निर्माणमा रकम खर्चिएको छ । 

साविक खालीवन गाविस र यस क्षेत्रका वन उपभोक्ता समूह र स्थानीय बासिन्दाको झन्डै रु सात लाखको सहयोगमा टापुसम्म पुग्ने मोटरबाटो निर्माण गरिएको पूर्व गाविस सचिव अर्यालले बताउनुभयो । खालीवन गाविसबाट खानेपानीका लागि पाइप खरिद गर्न रु २५ हजार रकम समेत सहयोग गरेको उहाँले बताउनुभयो । 

यस क्षेत्रमा एक महिनामा ५०० को हाराहारीमा पर्यटक भित्रने गरेका छन् । टापु आकारमा कालीनदीले घेरेको खैरेनी वन क्षेत्र अवलोकनका निम्ति पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, धनगढी, पर्वतलगायतका देशका धेरै जिल्लाका पर्यटक भित्रिसकेका छन् भने नाइजेरिया, ब्राजिललगायतका बाह्य देशका पर्यटक पनि भित्रिएका छन् । 

यस टापुसम्म पुग्ने मोटरबाटो स्तरोन्नति गरेर पाटीपौवा, खानेपानी, पिकनिकका लागि आवासगृह निर्माण, यहाँ रहेको गौतमबुद्धको मूर्तिसहितको कुटीको स्तरोन्नति, बर्खायाममा नदीले दक्षिणतिरको क्षेत्रबाट पनि बगेर टापु आकारको खैरेनी वनलाई घेर्ने हँुदा त्यहाँसम्म पुग्नका लागि डुङ्गा सञ्चालन गर्न सकेको खण्डमा यस क्षेत्रमा दिनहुँ सयौैँको सङख्यामा पर्यटक भित्रनेछन् । 

वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्यालका अनुसार अब विभिन्न संस्था, समूह र व्यक्तिमार्फत आर्थिक रकम जुटाएर भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ । “भौतिक पूर्वाधार विकास र विस्तार भएपछि दैनिक ५०० भन्दा बढी पर्यटक भित्रनेछन्” उहाँले भन्नुभयो । 

यस वन क्षेत्रभित्र विभिन्न जातका चराचुरुङ्गीको आवाज, पवित्र कालीनदी कलकल बगेको मनोरम दृश्य, हराभरा घना जङ्गलमा दिनहुँ ठूलो सङ्ख्यामा साथीसङ्गी, प्रेमी प्रेमिका, आफन्त रमाउन र रम्न आउनेको जमात बढ्दोछ । विशेषतः यहाँ शनिबार र बिदाको दिन अवलोकन गर्न आउनेको बढी चहलपहल देखिन्छ । कालीगण्डकी वारिपारीका विभिन्न स्थानबाट वनभोज आउनेको पनि पछिल्लो समयमा यहाँ आकर्षण बढ्दैछ । 

राम्दीबाट पनि डुङगामा ¥याफ्टिङ गरेर यस टापु आकारको वनक्षेत्रको अवलोकन गरेर फर्किने गरेको पनि पाइएको छ । स्वच्छ, शान्त र मनोरम वातावरणमा अवस्थित टापु आकारमा रहेको खैरेनी वन क्षेत्र कालीगण्डकीको पर्यटकीय क्षेत्रको हिसाबले महत्वपूर्ण रहेको स्थानीय बासिन्दा ओमप्रकाश रेग्मीको भनाइ छ । रामपुर नगरपालिकाले यस क्षेत्रलाई दश पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेको छ । 

कालीगण्डकी करिडोरबाट आधा घन्टाको पैदलमा रहेको यस खैरेनी वन क्षेत्रमा भौतिक पूर्वाधार विकास भएको खण्डमा यहाँ प्रसस्त आम्दानीका स्रोत भित्रिनेछन् । यस्ता प्रकृतिले दिएका अपार पर्यटकीय क्षेत्रको विकास आर्थिक समस्याले गर्दा अझैपनि ओझेलमा परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा