पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभि"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थोले देम्बा पर्यटन महोत्सव राष्ट्रपतिले उद्घाटन गर्ने

१४ चैत्र २०७३, सोमबार १७:०७

पूर्णप्रसाद न्यौपाने | चैत १४, ओखलढुंगा | प्रथम थोले देम्बा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ । ‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बैशाख १,२ र ३ गते देम्बा डाँडामा हुने प्रथम थोले देम्बा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको हो । आवश्यक पूर्वाधार निर्माण लगाएतका काम तिव्ररुपमा भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । ‘देम्बा डाँडमा विद्युत र खानेपानीको पहुँच पु¥याउने काम अन्तीम चरणमा पुगेको छ’शेर्पाले भन्नुभयो ‘हामी स्टेज निर्माण र अतिथीको बसाई व्यवस्थापनको तयारी पनि भईरहेकै छ ।’ अबको केहि दिन भित्रैमा सम्पुर्ण तयारी पुरा हुने उहाँको भनाई छ ।

पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । तीन दिन सम्म सञ्चालन हुने महोत्सव विषेश कार्यक्रमको राष्ट्रपतिले उद्घाटन गर्ने र कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा सांसद र विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने कार्यक्रम तय भएको हो । स्थानीय निर्वाचनका कारण महोत्सव प्रभावित हुन सक्ने केहि आवाज उठेको भएपनि पूवनिर्धारीत कार्यक्रम भएकाले प्रभावित नहुने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । महोत्सवलाई पृथकरुप दिन र उपलब्धी मुलक बनाउने सबै क्षेत्रले भुमिका खेल्ने सांसद सुनुवारले विश्वास व्यक्त गर्नुभयो । महोत्सवलाई भव्य बनाउन प्रचारप्रसार लगाएतका कामहरु तिव्र पारिएको छ ।

थोलेदेम्बा,काठमाडौंबाट करिब २१५ किलो मिटर पूर्वोत्तरमा अवस्थित,ओखलढुंगाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सहत देखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा,नेपालका उस्ता उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्ये १ हो । नेपालको नक्सा लिँदा प्रयोग गरिएका ७ वटा डाँडाहरु मध्ये प्रयोग भएको १ हो,थोलेदेम्बा । थोलेदेम्बाबाट आकर्षक दृष्यहरु प्रष्ट देख्न सकिन्छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम,विभिन्न खेलकुद कार्यक्रम,अन्य रोमाञ्चक कार्यक्रम तथा साँझ डि.जे.सेसन,झाँकी लगाएतका कार्यक्रमहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का