चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्र"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

२८ चैत्र २०७३, सोमबार ०७:४०

चैत २८, कञ्चनपुर । कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ । 

प्राकृतिक तालमध्ये २७ वटा तालमा स्थानीय बासिन्दाले माछापालन गरेका छन् । उपभोक्ता समूह र सामुदायिक वनले ठेक्कामा दिएर तालमा माछापालनको कार्य गरेका छन् । 

सामुदायिक वन र निकुञ्ज क्षेत्रमा रहेका २० तालमा प्राकृतिक रुपमा माछा रहे पनि व्यावसायिक माछापालनको कार्य नगरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । 

प्राकृतिक तालमध्ये शुक्लाफाँटा नगरपालिकामा १३, बेलौरी नगरपालिकामा आठ बेदकोट नगरपालिकामा छ, कृष्णपुर नगरपालिकामा चार, पुनर्वास नगरपालिकामा पाँच, महाकाली नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा चार, लालझाडी गाउँपालिकामा एक, भीमदत्तनगरपालिकामा एक र शुक्लाफाँटा निकुञ्जमा दुई गरी ४७ वटा ताल रहेको उहाँले जानकारी दिनुभयो । संरक्षण संवद्र्धनको अभावमा अधिकांश प्राकृतिक तालहरु पुरिँदै जान थालेका छन् । 

वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण अधिकांश तालको अस्तित्व लोप हुने खतरामा रहेको अधिकृत जोशीले बताउनुभयो । 

“माछापालन गरिएका तालको संरक्षणका लागि केही रकम बर्सेनि विनियोजन हुँदै आए पनि अन्य तालको संरक्षणको कार्य हुन सकेको छैन” – उहाँले भन्नुभयो । चुरे फेदीमा रहेका दुई दर्जन बढी तालको सबैभन्दा बढी जोखिममा रहेको उहाँले बताउनुभयो । दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान भएका यहाँका प्राकृति ताल पुरिन थालेपछि अस्तित्वमा खतरामा परेको छ । 

यहाँ रहेका सम्पूर्ण तालको क्षेत्रफल ३०० हेक्टर बढी रहेको अध्ययनकर्ताको भनाइ रहेको छ । प्रशस्त तालतलैया रहेको कञ्चनपुर जैविक विविधताले भरिपूर्ण रहेको छ । 

समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको यहाँ विशेष किसिमको जैविक विविधता पाइन्छ । तालमा २९ प्रकारका माछा, ११ किसिमका उभयचर तथा सरिसृपका साथै ३१ प्रकारको सिमसार क्षेत्र यहाँ पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान