बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

पर्यटकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

पर्यटकी"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्बतमा रहेको विश्वकै ठूलो महाशिला संरक्षणका लागि माग

३० बैशाख २०७४, शनिबार ०६:२९


बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन सकेको छैन । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वमा मेला लाग्ने गरे पनि पछिल्लो समयमा बुढापाकाको मृत्यु हुँदै जानु र युवा पलायन हुनुले ढुङ्गाको प्रचारप्रसार हुनसकेको छैन । 

सदरमुकाम कुश्माबजारबाट करिब ४० किमीको दूरीमा पर्ने लुङ्खुदेउरालीमा रहेको सो ठूलो ढुङ्गालाई स्थानीय बासिन्दाले मेहलढुङ्गा भन्छन् । विश्वकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक पर्यटक आउने गर्छन् । 

लुङ्खुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटक आउने गर्छन् । स्थानीयवासी भन्छन्– “ एक पटक हिँडेर महाशिला परिक्रमा गर्दा एक माना चामलको भात पाक्थ्यो रे । एक पटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ ।” 

‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि अहिले यस्तो प्रचलन हटेको स्थानीयवासी लोककुमारी पौडेल बताउनुहुन्छ । “विश्वकै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुनसकेको छैन” पौडेलले भन्नुभयो,“ यसको उचित प्रचार प्रसार गर्न सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने थियो ।” पौडेलले बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीया लगायत चाडपर्वमा मेला लाग्ने बताउनुभयो । 

जिल्लाकै गहनाका रुपमा रहेको सो महाशिलाको प्रचारप्रसारका लागि स्थानीयवासीले विभिन्न क्षेत्रसँग माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीय पत्रकार माया अधिकारीले बताउनुभयो । स्थानीय युवा सङ्गठित भएर ढुङ्गाकै प्रवद्र्धनमा लागे पनि प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्न सके पर्यटन वर्षलाई थप टेवा पुग्ने विश्वास लिइएको छ । 

लङ्खुदेउरालीका बासिन्दाले उक्त गाविसमा रहेका दुई गुफा र सो महाशिलाको प्रचारप्रसारका लागि लामो समयदेखि माग गरे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता