मो इमरान खान | साउन ५, कपिलबस्तु | कपिलवस्तु जिल्लाले लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बिद्धवान ऋषिमुनि कपिलको नामबाट कपिलवस्तु नाम पार्न गएको त्यसतैगरि ठुलो ईतिहास "/>
मो इमरान खान | साउन ५, कपिलबस्तु | कपिलवस्तु जिल्लाले लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बिद्धवान ऋषिमुनि कपिलको नामबाट कपिलवस्तु नाम पार्न गएको त्यसतैगरि ठुलो ईतिहास बोकेको कपिलवस्तु बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ । पिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बौधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट राजा शुद्धोदन र रानी मायादेबीको समाधी स्थल धमनीहबा र सिसहनिया कोट लगायत बौद्ध स्थान रहेका छन । त्यस्तै बिश्ब सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताल, शिबगढी मन्दिर, सोनगढवा मन्दिर लगायत धेरै सम्भावना बोकेका प्रर्यटकिय स्थल हरु रहेका छन तर पनि प्रचार प्रसारको अभावले यी स्थानहरु ओझेल परिरहेका छन ।
कपिलबस्तु बुद्धको राज्य भनेर चिनिने गर्छ बिस्वभर बाट बुद्धको राज्य घुम्न बर्षेनि लाखौ पर्यटक आउने गर्छन तर बुद्धको २६ बर्षे इतिहास बोकेको तिलौराकोटको बारेमा नधेरैले जानकारी पाउछन नअवलोकन नै गर्ने गर्छन बुद्धको महत्वको वारे कपिलबस्तु भन्दा लुम्बिनी नै बुद्धको पहिचान बुझ्ने गर्दछन । क्रकुछन्द बुद्धको जन्मभुमी गोटिहवा कनममुनि बुद्धको जन्मभुमी निगलिहवा लगायत कपिलबस्तुमा धेरै भुमी रहेका छन जुन बुद्ध सगं इतिहास जोडिएका छन यस मध्य विस्व प्रसिद्ध ऐतिहासिक र पुरातात्िवक महत्व बोकेको तिलौराकोटको मात्र केहि प्रचार प्रशार भएको पाईन्छ सदरमुकाम सगै जोडिएको तिलौराकोट भगवान गौतमबुद्धले २६ बर्ष बिताएको तथा गौतम बुद्धका पिता शुद्धोधनको राज्य पनि रहेको स्थान हो । गौतम बुद्ध सगं सम्बन्धित रहेकोले यो ठाउलाइ विश्वले चिन्न सक्छ र विस्व प्रसिद्ध छ तर आज सम्म पनि तिलौराकोट को प्रचार प्रसार जहा सम्म पुग्न पर्ने हो । सरकारले जति सरंक्षण गर्न पर्नेहो त्यति गरेको पाइदैन । बुद्धको जन्म भएको लुम्बिनीको बिकासको तुलनाका बुद्धले २६ बर्ष बिताएको ठाउ सम्म जाने र अबलोकन गर्ने बारे प्रचारको अभाव रहेको कपिलबस्तु बासी बताउने गर्छन । सरकारले निती तथा प्रचारमा बुद्धभुमी लुम्बिनी लाइ मात्र प्रथमिक्क्ता दिएको कारण लुम्बिनी आउने प्रर्यटक हरु १२ किलोमिटर टाडा रहेको तिलौराकोट, कुदान जस्ता इतिहासी स्थानमा प्रर्यटक पुराउन सकिएको छैन । आउने प्रयटक पनि कपिलबस्तुमा १ घण्टा भन्दा धेरै समय बिताउने ठाउ रहेका छैन्न आउने प्रर्यटक हरु यहां हुने फोहोर खुला दिशाले गर्दा पनि धेरै बस्न रुचाउदैन्न कुदान तिलौराकोट आसपास अझै पनि खुला दिसापिसाव हुने गर्दा पनि यस्ले गलत सन्देस दिने गरेको छ । स्थानियहरुले सरसफाइमा ध्यान नदिंदा पानीका बोतल लगायत फोहोरले अस्त ब्यस्त हुने ठाउमा घुम्न आउने बिदेशी प्रर्यटक हरुले नै सरसफाई गरेर जाने गर्दथे स्थानिय बालबालिकाको जमात आउने प्रर्यटक हरुलाइ पच्छाउदै माग्ने हरुले पनि उनि हरु दिक्न हुने गरेका हुन्छन । सरक्षणको अभावमा रहेको तिलौराकोटका एतिहासिक इटा लगायत सरंचना हराउदै नगएका पनि हैन्न साथै छेउछाउमा रहेका रुखहरु काटेर चोरि गर्ने भित्रका इटाहरु पनि हराउने एक्लै जान डरलाग्ने भएको तिलौराकोट पछिल्लो समय लुम्बिनी बिकासकोले रेखदेख गर्न थाले पछि केहि मुहार फेरिन थालेको छ । भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तुको प्रचार गरे पछि सरकारको पनि ध्यान केहि आक्रषण भएको पाइन्छ । पछिललो समय तिलौराकोटमा भएका उथ्खन्नले पनि तिलौराकोट असली तिलौराकोट भएको पुष्टि भएको छ । लुम्बिनी सरह कपिलबस्तुका बुद्ध इतिहासका प्रचार प्रसार हुन नसक्नु राम्रो नेत्तृत्वको कमीले हुन नसकेको कपिलबस्तुबासी बताउने गर्छन ।
कपिलबस्तुबाट धेरै नेता हरु मन्त्री भए, दिपकुमार उपाध्य प्रर्यटनमन्त्री नै भए तर कपिलबस्तसको प्रर्यटन बिकासमा सोचे जस्तो प्रगति हुन सकेन । बषौ देखि जग्गा अधिकरणा गरि तिलौराकोट लाइ प्रर्यटकिय क्षेत्र बनाउन लागी परे पनि आर्थिक बर्ष २०७३ ÷७४ मा सरकारले तिलौराकोटको जग्गा अधिकरणको लागी बजेट छुट्टाएको छ । लुम्बिनिमा आउने आन्तरिक प्रर्यटक समेत कपिलबस्तुका बुद्ध स्थल हरु अवलोकन गर्ने गरेको पाइदैन यसमा कपिलबस्तु बासीले पनि बुद्ध स्थलको प्रचारमा ध्यान नदिने गरेको पाइन्छ । पश्चिमका दाङ , प्युठान , रोल्पा ,बाकें सल्यान लगायत धेरै स्थानबाट लुििम्बनी जाने अधिकाशं प्रर्यटक कपिलबस्तुका हरेक स्थलहरु नजिकै बाट लुम्बिनी जादां पनि तिलौराकोट , कुदान लगायत स्थानमा अवलोकन गराउन सकिएको छैन त्यस्कालागी हरेक बर्ष लाखौ रुपिया प्रचार प्रसारको लागी भनेर खर्च गर्ने साबिक जिबिस नगरपालिका लुम्बिनी बिकासकोषले लगानी गरिरहेको बताए पनि लामो इतिहास हेर्दा त्यो खर्च वालुवामा पानी जस्तै भैइरहेको छ बुद्ध क्षेत्रको प्रचारको लागी गरिने हरेक खर्च बिभिन्न कार्यक्रममै खर्च गर्दा पनि प्रचार प्रसार हुन सकेको छैन । अहिले लुम्बिनी बिकासकोषले तिलौराकोट बिकासमा ध्यान दिन थाले पछि मुहार फेरिन थालेको छ । पहिला ५ मिनेटमा तिलौराकोट अबलोकन गर्ने सकिन्थियो एउटा पुरानो बाटो र केही सरचंना हरु देख्न नसकिने तिलौराकोटमा अहिले सरसफाइ बाटो निमार्ण पार्किङ उत्खन्न बाट पत्तालागेका बुद्ध कालिन इतिहासका धेरै सरचना हरु अबलोकन गर्न सकिने भएको छ जग्गा अधिकरणको काम पनि सुरु भैइसकेको छ अहिले लुम्बिनी आउने बिदेशी प्रर्यटक हरु पनि तिलौराकोट ,कुदानमा जानेको सख्ंया पनि बढेको छ तिलौराकोट आउने बिदेशी प्रर्यटक बढे पनि अझै पनि आन्तरिक प्रर्यटक हरु टाडा टाडा बाट आउन सकेका छैन त्यसको कारण चाहीं प्रचार प्रसारनै कम भएर भएको हो । लुम्बिनी जाने पश्चिमका हरेक मानिस यहीं बाट गए पनि तिलौराकोटको अबलोकन गरेको पाइदैन त्यसैले पनि सम्बन्धित निकायहरुले बुद्धभुमी लुम्बिनी सगैं तिलौराकोट ,कुदान , गोटिहवा ,निगलिहवा जस्तै स्थानको प्रचार प्रसारमा ध्यान दिन सके कपिलबस्तुमा पनि प्रर्यटन बिकास गर्न र आम्दानी बढ्न सक्छ । कपिलबस्तु आउने प्रर्यटक लाइ १ दिन मात्र बसाल्न सके पनि कपिलबस्तुको बाह्य आम्दानीमा बढ्ने थियो तर आउने आन्तरिक तथा बाह्य प्रर्यटक कपिलबस्तुमा भुल्ने ठाउं र ब्यबस्थित होटल हरुको पनि स्थापना गर्न तर्फ पनि स्थानिय निकाय हरुको ध्यानजान जरुरी छ । कपिलवस्तुको जनसमुदाय, समाजिक कार्यकर्ता हरुले यति धेरै ईतिहास बोकेको यस कपिलवस्तु लाई प्रदेशको राजधानि घोषित गर्नुपर्ने सरकारसंग जोडदार माग गरेका छन ।