२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

२०८२, २८ भाद्र शनिबार १२:५५

काठमाडौँ | मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले प्रभावित छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको आन्दोलनले पर्यटन क्षेत्र मारमा पर्ने देखिएको छ । कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र पुनःशिथिल हुने भयले पर्यटन व्यवसायी चिन्तित छन् । ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तै अवस्था लामो समय रहे विश्व पर्यटन बजारमा नेपालको नराम्रो सन्देश जाने बताउनुभयो ।

“असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन सुरु भयो, अन्यौलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन्”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नसके हाम्रो पर्यटन क्षेत्रले ठूलो असर व्यहोर्नुपर्छ, यसको घाटा देशलाई पर्छ ।” उहाँले अहिले नेपाल आइसकेका विदेशी पर्यटकलाई सुरक्षित तबरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको बताउनुभयो । यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटक आउने गर्छन् ।

अध्यक्ष आचार्यले छिटो राजनीतिक वातावरण सुधारेर मुलुकलाई सामान्य अवस्थामा नफर्काएसम्म पर्यटन क्षेत्र चलायमान हुन नसक्ने बताउनुभयो । चाडपर्वका अवसरमा घुमफिरको योजना बनाएका आन्तरिक पर्यटकलाई अहिलेको अवस्थाले अन्यौलता थपेको उहाँको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले यो याममा पर्यटक आगमनमा असर पर्ने देखिएको बताउनुभयो । “तथ्याङ्कगत रुपमा हेर्न अझै केही दिन कुनुपर्छ, तर अहिलेको आन्दोलनले पर्यटन क्षेत्रमा असर भने पक्कै गर्छ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो । गत आवमा उक्त क्षेत्रमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक भित्रिएका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका थिए । वर्षात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाका अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमनमा असर पर्ने देखिएको आयोजना कार्यालयले जनाएको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने