2026-10-26 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने

राजेश पौडेल, साउन २२ गोरखा । पालुङटाको एक मात्र पर्यटकीय स्थल लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ । प्रदेश सरकारले लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री किरण गुरुङले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश प्रमुख समेत रहनुभएका मन्त्री गुरुङले लिगलिग कोट ऐतिहासिक स्थल भएको र पुरातात्विक हिसाबले पनि लिगलिग कोटको महत्व रहेको भन्दै लिगलिग कोट पर्यटकीय स्थल भएकोले पनि यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपालको इतिहासको प्रारम्भ बिन्दु नै लिग लिग कोट रहेको र ऐतिहासिक स्थल भन्नु नै पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान भएको भन्दै  प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन गर्दा यसको ऐतिहासिक महत्वलाई हेरेर ऐतिहासिक म्युजियम बनाउनको लागी एक करोड बजेट बिनियोजन गरेको उहाँको भनाई छ । यस म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहासको सम्बन्धमा तयार पारिएका ऐतिहासिक बिषय वस्तु पढ्न मिल्ने किसिमको म्युजिम निर्माण गर्ने र यस्ता बिषयलाई समेट्ने संरक्षण गर्ने उहाँले बताउनुभयो । लिग लिगमा निर्माण गर्न लागिएको म्युजियम लिग लिगको पुरातात्वीक सम्पादामा असर नपुग्ने गरी कोटको आसपासमा बनाईने र यस वर्षको बजेटमा म्युजियमको गुरु योजना तयार हुने भन्दै लागत स्टमेटको आधारमा आगामी वर्ष थप बजेट बिनियोजन गरी काम सुरु गर्ने उहाँको भनाई छ । सोहि अबसरमा उहाँले लिगलिग कोटलाई लक्षित गरेर चेपेघाट, लिगलिग कोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्मको ऐतिहासिक ट्रेकिङ मार्ग निर्माण गर्न सकिने बताउनुभएको छ । उहाँले लिग लिग कोट आसपासका कोटहरु राइनास कोट, कोट गढी लागायतका कोटहरुको संरक्षण गरी त्यसका ऐतिहासिक विषय वस्तुलाई दर्शाउन सक्नु पर्ने र  पालुङटार आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । 

एक फरक प्रसंगमा मन्त्री गुरुङले अहिले प्रदेश सरकारले ४ नं. प्रदेशका तीन वटा विमान स्थलहरु पालुङटार, मनाङ र ढोरपाटन विमान स्थलको सम्भाव्यता अध्ययन गर्नका लागी बजेट बिनियोजन गरेको र यस क्षेत्रका विमान स्थलको सम्भाव्यता अध्ययन गरेपछि आएको रिपोर्टको आधारमा विमान स्थल सञ्चालन हुने नहुने विषयको निर्णय त्यस पछि प्रदेश सरकारले गर्ने बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने