२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने

२०७५, २२ श्रावण मंगलवार ०७:३०

राजेश पौडेल, साउन २२ गोरखा । पालुङटाको एक मात्र पर्यटकीय स्थल लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ । प्रदेश सरकारले लिग लिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री किरण गुरुङले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश प्रमुख समेत रहनुभएका मन्त्री गुरुङले लिगलिग कोट ऐतिहासिक स्थल भएको र पुरातात्विक हिसाबले पनि लिगलिग कोटको महत्व रहेको भन्दै लिगलिग कोट पर्यटकीय स्थल भएकोले पनि यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपालको इतिहासको प्रारम्भ बिन्दु नै लिग लिग कोट रहेको र ऐतिहासिक स्थल भन्नु नै पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान भएको भन्दै  प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन गर्दा यसको ऐतिहासिक महत्वलाई हेरेर ऐतिहासिक म्युजियम बनाउनको लागी एक करोड बजेट बिनियोजन गरेको उहाँको भनाई छ । यस म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहासको सम्बन्धमा तयार पारिएका ऐतिहासिक बिषय वस्तु पढ्न मिल्ने किसिमको म्युजिम निर्माण गर्ने र यस्ता बिषयलाई समेट्ने संरक्षण गर्ने उहाँले बताउनुभयो । लिग लिगमा निर्माण गर्न लागिएको म्युजियम लिग लिगको पुरातात्वीक सम्पादामा असर नपुग्ने गरी कोटको आसपासमा बनाईने र यस वर्षको बजेटमा म्युजियमको गुरु योजना तयार हुने भन्दै लागत स्टमेटको आधारमा आगामी वर्ष थप बजेट बिनियोजन गरी काम सुरु गर्ने उहाँको भनाई छ । सोहि अबसरमा उहाँले लिगलिग कोटलाई लक्षित गरेर चेपेघाट, लिगलिग कोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्मको ऐतिहासिक ट्रेकिङ मार्ग निर्माण गर्न सकिने बताउनुभएको छ । उहाँले लिग लिग कोट आसपासका कोटहरु राइनास कोट, कोट गढी लागायतका कोटहरुको संरक्षण गरी त्यसका ऐतिहासिक विषय वस्तुलाई दर्शाउन सक्नु पर्ने र  पालुङटार आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । 

एक फरक प्रसंगमा मन्त्री गुरुङले अहिले प्रदेश सरकारले ४ नं. प्रदेशका तीन वटा विमान स्थलहरु पालुङटार, मनाङ र ढोरपाटन विमान स्थलको सम्भाव्यता अध्ययन गर्नका लागी बजेट बिनियोजन गरेको र यस क्षेत्रका विमान स्थलको सम्भाव्यता अध्ययन गरेपछि आएको रिपोर्टको आधारमा विमान स्थल सञ्चालन हुने नहुने विषयको निर्णय त्यस पछि प्रदेश सरकारले गर्ने बताउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै