2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ठाँटीपोखरीमा शुरु भयो लिगलिग पालुङटार नेवा: होम स्टे

मनोज पराजुली, मंसिर २, गोरखा । पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा: होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा : देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको उद्घाटन गरिएको हो । 

स्थानीय ८ नेवार समुदायको पक्कि घरहरुलाई सझावट गरि होम स्टेको शुरुवात गरिएको हो । पालुङटार क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि “Sharing Home, sharing Happiness”भन्ने नाराका साथ होम स्टेको अवाधरणा ल्याईएको  लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । यस होम स्टेबाट आर्जन भएको रकम मध्ये लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी र  ठाँटिपोखरी नेवा : देय् दबुले १०/१० प्रतिशत र स्थानीय समुदायले ८० प्रतिशत लिने सहमति गरि काम शुरु गरिएको कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । पाहुनाहरुको आवमनसंगै होम स्टेलाई प्रवर्धन र विकास गर्दै लैजाने सोच गरिएको गिरीले बताए । स्थानीय समुदायका मानिसहरुलाई ट्रेनिङ दिने, नेवार परिकार बनाउने तालिम दिलाउने र अन्य होम स्टेहरुको अवलोकन भ्रमण मार्फत उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

लिगलिग पालुङटार नेवा: होम स्टे पालुङटारको पहिलो होम स्टे हो । होम स्टे कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख दीपक बाबु कंडेलले होम स्टे संचालनमा आएसंगै पालुङटार क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए । पालुङटारमा आउने आन्तरिक तथा बाहय पर्यटकलाइ नेवा; होम स्टे मार्फत सेवा, सुबिधा उपलब्ध गराउन सहयोग मिल्ने बताए ।

पालुङटार नगरपालिका भित्रै रहेकोले पनि शहरभित्रै होटलको विकल्पको रुपमा पनि विकशित गर्दै लैजान सकिने वडा नम्बर ५ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ई दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, ५ नम्बर वडा अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ९ अध्यक्ष भेजराज पाण्डे, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल