2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ठाँटीपोखरीमा शुरु भयो लिगलिग पालुङटार नेवा: होम स्टे

मनोज पराजुली, मंसिर २, गोरखा । पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा: होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा : देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको उद्घाटन गरिएको हो । 

स्थानीय ८ नेवार समुदायको पक्कि घरहरुलाई सझावट गरि होम स्टेको शुरुवात गरिएको हो । पालुङटार क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि “Sharing Home, sharing Happiness”भन्ने नाराका साथ होम स्टेको अवाधरणा ल्याईएको  लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । यस होम स्टेबाट आर्जन भएको रकम मध्ये लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी र  ठाँटिपोखरी नेवा : देय् दबुले १०/१० प्रतिशत र स्थानीय समुदायले ८० प्रतिशत लिने सहमति गरि काम शुरु गरिएको कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । पाहुनाहरुको आवमनसंगै होम स्टेलाई प्रवर्धन र विकास गर्दै लैजाने सोच गरिएको गिरीले बताए । स्थानीय समुदायका मानिसहरुलाई ट्रेनिङ दिने, नेवार परिकार बनाउने तालिम दिलाउने र अन्य होम स्टेहरुको अवलोकन भ्रमण मार्फत उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

लिगलिग पालुङटार नेवा: होम स्टे पालुङटारको पहिलो होम स्टे हो । होम स्टे कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख दीपक बाबु कंडेलले होम स्टे संचालनमा आएसंगै पालुङटार क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए । पालुङटारमा आउने आन्तरिक तथा बाहय पर्यटकलाइ नेवा; होम स्टे मार्फत सेवा, सुबिधा उपलब्ध गराउन सहयोग मिल्ने बताए ।

पालुङटार नगरपालिका भित्रै रहेकोले पनि शहरभित्रै होटलको विकल्पको रुपमा पनि विकशित गर्दै लैजान सकिने वडा नम्बर ५ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ई दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, ५ नम्बर वडा अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ९ अध्यक्ष भेजराज पाण्डे, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने