पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माण"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसियाकै ठूलो महाशिला मासिने भएपछि स्थानीयको विरोध

२१ जेष्ठ २०७७, बुधबार ०४:११

पर्वत । दक्षिण एसियाकै ठूलो मानिएको महाशिला मासिने भएपछि स्थानीयबासीले विरोध जनाएका छन् । महाशिला गाउँपालिकाले महाशिलालाई कुदेर शिव पार्वतीको विशाल मुत्र्ति बनाउने काम थालेपछि स्थानीयबासीले विरोध जनाएका हुन् । एकसय  ८ फिटको अर्धनारेश्वरको मुर्ती निर्माणको तयारी थालेपछि स्थानीयहरु  विरोधमा उत्रिएका हुन । एक सय ८ ढुङ्गे धारा  सार्वजनिक शौचालय  सतसंग भवन निर्माणको काम थालेको हो ।

केन्द्र सरकारको  ५० लाख र स्थानीय सरकारको  दश लाख  र प्रदेश सकारको  १७ लाख रुपैयाँ खर्च भईरहेको महाशिलामा ढुङ्ग कुद्न थालेपछि स्थानीय आक्रोशित भएका छन ।

महाशिला गाउँपालिकाको ५ अवस्थीत १ लाख ३० हजार घन मिटरको यो ढुङ्ग महाशिलाको नामले परिचित छ ।  १८ रोपनी क्षेफलमा फैलिएको यो शिला  विगतमा मेलढूँगाको नामले चिनीएको थियो ।  एशीया कै ठुलो ढुङ्गा रहेको प्रमाणीत  गरीएपछि  महाशिला नामाकरण गरीएको  यो  ढुङ्गा स्थानीय सरकारले कुँदेर स्वरुपमा परिवर्तन गर्न थालेपछि स्थानीयले अवरोध गरेका हुन ।  

सरकारले एकसय पर्यटकीय गन्तव्यस्थलमा महाशिलालाई पनि समावेश गरेपछि त्यसको प्र्रचारप्रसार गर्नको भन्दै स्थानीय तहले ६८ करोडको डिपिआर तयार पारी शिलाको स्वरुप परिर्वतन गर्न थालेको हो ।


स्थानीयले  चालिस लाख वर्ष पुरानो ईतीहाँस बोकेको  ढुङ्गाको स्वरुप नविगारी कनै पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै  निर्माण कार्यको अवरोध गरेका हुन । बाईट


तर स्थानीय सरकारले भने महाशिला निर्माणको काम नरोक्ने बताउँदै आएको छ । गाउँ  पालिकाकै मुख्य संकल्प रहेको भन्दै  विवादका विच पनि काम तिब्र पार्ने जनाएको  छ । गाउँ पालिका अध्यक्ष राजु पौडेलले स्थानीय भन्दा   गाउँपालिका भन्दा बाहीर बासोबास गर्नेहरुले विरोध गरेको बताउँदै विकास निर्माणका फरक नपर्ने बताए ।


यसरी स्थानीयबासीकै अबरोधमा गरीने विकास निर्माणले स्थानीय तबरमा अपनत्व नपाउनुको साथै प्राकृतीक स्वरुप नै परिवर्तन आउने देखिन्छ । विकास निर्माणमा स्थानीयसँग  हातेमालो गर्नुपर्ने स्थानीय सरकारका जन प्रतिनिधिहरुले स्थानीयसँग विबाद गरेर विकास गरीनु फलदायी नहुनु सक्छ । यसमा समयमै स्थानीय सरकार तथा केन्द्र प्रदेश सरकारले समन्वय गर्नु आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ