२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

२०७७, २९ आश्विन बिहीबार ०९:१८

असोज २९, मङ्गलबारे । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । 

मौसममा सुधार भएसंगै पर्यटकको आगमन बढेको कन्यामका होटल ब्यवसायी टेकराज गिरीले बताउनुभयो । “यहाँ आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर घुम्न आग्रह गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान गरेका छौं ।” उहाँका अनुसार चिया बगान घुम्न, हिमाली क्षेत्रको दृश्यावलोकन र घोडचढी गर्न तथा विभिन्न जातजातिको भेषभूषमा सजिएर तस्वीर लिन यहाँ पर्यटक आउन थालेका छन् । 

अन्तुमा पनि आउने पर्यटकले यतिखेर यहाँको घरवास (होमस्टे) मा भरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन थालिएको अन्तुका होमस्टे व्यवसायी रुद्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार भीडभाड नहुने गरी होमस्टे, कटेज र होटलमा पर्यटकलाई राख्ने व्यवस्था मिलाइएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ । 

प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुलगायत स्थानमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपछि अब बैंकको ऋण र ब्याज बुझाउन पाउनेमा उनीहरु ढुक्क छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ