पर्यटकीय गन्तव्य बन्दै लिगलिगकोट, पर्यटकलाई लक्षित गरि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा

साझासवाल
2 Min Read

पुस २३, गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब रु सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ ।

नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि  ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिनुभयो ।

“अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बास खोज्दै फर्कनुपर्ने बाध्यता हुने छैन ।” दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् ।

होटलमा आधुनिक सुबिधासम्पन्न बैठक कक्ष, पार्टी प्यालेस, आवश्यकतानुसार बैठक कोठा तथा रेष्टुरेन्ट  छन् । सञ्चालक पौडेलले भन्नुभयो,“अहिले स्विमिङ पुल  निर्माणको काम पनि भइरहेको छ ।” उहाँले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिनुभयो ।

त्यस्तै होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन्् भने उनीहरुको चाहनाअनुसार स्थानीय कलासंस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उहाँको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहँुदा घुम्न आउने पर्यटकलाई समस्या हँुदै आएको थियो ।

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त बासस्थान नहुंदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपीपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । तत्कालीन समयमा लिकलिगकोटमा प्रत्येक वर्ष बडादशैंको नवमीका दिनमा नयाँ राजा छान्ने चलन रहेको इतिहास रहेको छ ।

“आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ”, उहाँले भन्नुभयो, “पर्यटकलाई लक्ष्यगरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाको भनाइ छ । रासस

Share This Article
Leave a Comment

Leave a Reply