२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकको सुरक्षामा प्रहरीको ध्यान

२०७७, ८ चैत्र आईतवार ११:२५

चैत ८, काठमाडौँ । हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न  नेपाल प्रहरीले  सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड,लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ । 

हिमाली पदयात्राका लागि दिनहँु आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो । 

जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको  जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ । 

३८ अपराध मुद्दा

यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लाभित्र भएका अपराधलगायत घटनाको विवरण  सार्वजनिक  भएको छ । जिल्लामा ३८ घटना भएको र ती सबैको मुद्दा कानूनी दायरामा पु¥याउन नेपाल प्रहरी सफल भएको छ ।

कानूनी दायरामा लगिएका मुद्दामा भवितव्य ज्यान दश, आत्महत्या पाँच,  बहुविवाह र सवारी ज्यान तीनतीन, फुटकर ज्यान दुई, जबर्जस्ती करणी, करणी उद्योग र शरीर बन्धक कर्तव्य ज्यान एकएक तथा अन्य सार्वजनिक अपराध १२ छन् । करीब ४३ हजार जनसङ्ख्या रहेको जिल्लामा सुरक्षा व्यवस्था मजबुत पार्न मातहतको चौकीलाई थप सजग गराउनाका साथै अलावा विशेष गस्तीसमेत अगाडि बढाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

यस्तै कोभिड– १९ को प्रभाव शून्यमा झरेसँंगै पासाङ्ल्हामु राजमार्गमा  बढ्दो सवारी चापलाई ध्यानमा राख्दै  ट्राफिक व्यवस्थापन मजबुत पारिएको र नक्कली इजाजतपत्र बनाई सवारी चलाउनेमाथि निगरानी बढाइएको ट्राफिक प्रहरी इञ्चार्ज  इन्द्रबहादुर घिसिङले बताउनुभयो ।

हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन  गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पासाङल्हामु राजमार्गमा एसी तथा डिलक्स बस यातायात कार्यालयको दर्ताविना सञ्चालन  गरेको पाइएकाले नियमानुसार प्रक्रिया पूरा गराउन एक महिनाको समयावधि प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने