Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मनकामना केबुलकार आइतबारदेखि बन्द हुँदै, कहिलेसम्म संचालनमा आउँछ ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, काठमाडौँ | </b>नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ। जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।<br></p><p>उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।</p><p>लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ। चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।&nbsp;</p>