१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

१८ पुष २०७८, आईतवार ०६:२०

पुस १८, काठमाडौँ | रासस | रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ ।

जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् ।   विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । अहिले भूमे गाउँपालिका–१ को लुकुम आसपास क्षेत्रमा हिउँ खेल्नेको भीड देख्न सकिने लकुमकी सीता मगरले बताउनुभयो । अहिले हिउँ हेर्न जाने र ओहोरदोहोर गर्नेको चहलपहलले भूमेमा रौनकता थपिएको उहाँले जानकारी दिनुभयो ।  तमु ल्होसारका कारण सार्वजनिक बिदा भएपछि सरकारी कर्मचारी पनि हिउँ खेल्न लुकुम पुगेका थिए ।

“हिउँ खेल्न भनेर रुकुमकोटबाट गइयो, निकै चिसो थियो”, रुकुमकोट जिल्ला अदालतका निर्मला शर्माले भन्नुभयो, “रुवा जसरी हिउँ परिरहेको दृश्य निकै रमाइलो थियो ।” चिसोलाई बेवास्ता गर्दै परिरहेको हिउँमा झुमेर फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउने आ–आफ्नै तालमा रमाइरहेको दृश्य देख्दा खुब आनन्द आएको उहाँले बताउनुभयो । अहिले पनि मानिस क्यामेरा भिरेर हिउँसँगैको फोटो खिच्न र भिडियो बनाउन भन्दै लकुम आसपासको क्षेत्र रुपगामा पुग्ने गरेका छन् । “कसैलाई हिउँमा आफ्नो नाम कोरेर फोटो खिच्न भ्याइनभ्याइ छ”, हिउँ खेल्न रुपगामा पुग्नुभएका उमेश कुँवरले भन्नुभयो, “कोहीलाई हिउँको विभिन्न आकृति बनाएर फोटो खिचाउन ठिक्क छ ।” हिउँ उराल्ने, टिकटक बनाउने र फेसबुक सेताम्य बनाउनेको जमात बढेको उहाँको भनाइ छ ।

भूमे गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले अहिले रुपगामा रुकुमकोट र रुकुमपश्चिमका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्ने गरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसँगको सहकार्यमा बाटोमा जमेको हिउँ पन्छाउन सुरु गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका जाने बाटोमा पनि बाक्लो हिउँ जमेको छ । त्यहाँको बाटो सञ्चालन गरिएको छ । बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का