२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाउने गैरकानुनी धन्दा ! युक्रेनी नागरिक पक्राउ (भिडियो हेर्नुहोस्)

३० श्रावण २०७५, बुधबार १२:०८

साउन ३०, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले पटक पटक भिषाको समय थप गरेको पाइएको छ साथै अन्तिम भिषाको म्याद ७ दिन मात्र बाँकि रहेको छ ।

यस समाचारबारे पुरा जानकारी लिन यो भिडियो हेर्न सक्नुहुनेछ: 


उनीहरुले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियामा हिजो सूचना प्राप्त भएको थियो । सो पश्च्यात साझा सबाल मिडियाले स्थलगत निरिक्षण गरेपछि उनीहरुले अबैध कार्य गरिरहेको थाहा पाएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको थियो । सो लगत्तै वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको हो ।  पुतलीसडक स्थित शंकरदेव क्याम्पस अगाडी गत मार्चबाट अफिस खोलेर उनीहरुले ठगि धन्दा चलाइरहेका पाइएको हो ।  

पिपल फर वर्क नामको कम्पनी गत बुधबार मात्र दर्ता गरिएको भेटिएको छ तर उक्त कम्पनीको व्यवसायका कारोबार अन्तर्गत कम्प्युटर सफ्टवेयर सम्बन्धि कारिबार गर्ने र सो मार्फत सूचना सेवा प्रदान गर्ने उदेश्यले दर्ता भएपनि बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने गरेको भेटिएको हो ।  उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि अनुसन्धान शुरु गरेको छ । पोल्याण्ड पठाउने कार्यको लागि नेपालका केहि म्यानपावर कम्पनीसंग पनि सहकार्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको  छ ।  

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरि सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै १ लाख देखि २ लाख माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताए । पोल्याण्ड जानको लागि ३ सय भन्दा बढी नेपालीहरुको अन्तर्वार्ता समेत लिइसकेको सो कम्पनीका एक कर्मचारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा