२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा न्यूयोर्कका यूवा गायक रोकेश गुरुङको ‘म सक्दिन’ गीत सार्वजनिक

४ फाल्गुन २०७५, शनिबार ०५:११

विजय थापा | फागुन ४, अमेरिका | अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको 'म सक्दिन ' गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् । 

शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ ।  यसै गरि गीतको प्रवन्ध (एरेन्ज) दिवस गुरुङले गरेका हुन् भने  भिडियो (श्रव्य दृश्य )को निर्देशन रोकेश गुरुङ ले गरेका हुन् । सुरेन्द्र मान सिंहले दृश्य सम्पादन गरेका हुन् । भिडियोमा गायक रोकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् । 

'म सक्दिन ' गीतको भिडियो प्रेम तथा शोकपूर्ण सहितको गीत हो । उक्त गीतमा प्रेमीले आफ्नी प्रेमिकाको निम्ति समर्पण गर्दै गाएका छन् । किनभने प्रेमिका क्यान्सर बाट पीडित छिन् भने उनि केही समय पछि संसारबाट बिदा लिने अवस्थामा पुगेको उक्त भिडियोमा चित्रण गरिएको छ । 

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का दिन उपयुक्त हुने ठानी म सक्दिन गीत सार्बजनिक गरेको यूवा गायक रोकेश गुरुङले बताए । 

गायक गुरुङ न्यु योर्कमा बसोबास गर्छन भने उनि गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,कार्यक्रम योजनाकार ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक हुन् । 

काठमाडौँ लिटल एन्जेल्स कलेज (महा बिद्यालय)बाट अध्ययन गइ उच्च शिक्षाको लागि अमेरिका आई मिनेसोटा बाट एमबिए गरेका छन् । मिनेसोटामा रहदा नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेपाली बिद्यार्थी संघ )का अध्यक्ष समेत रहेका गायक गुरुङ हाल लुक्सो कम्पनि (प्रतिष्ठान)महा प्रबन्धक तथा मनाङ्ग समाज युएसए का अध्यक्ष समेत हुन् ।

यसको अतिरिक्त उनि प्रसिद्ध डिजे पनि हुन् भने अमेरिकामा प्रख्यात कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् । 


न्यू योर्कमा रहेता पनि डिजे कार्यक्रमको लागि गायक अमेरिकाको भ्रमण गरि रहेका हुन्छन । कलाकारको साथै आफूले परदेशमा कमाएको केही अंश समाज सेवामा खर्चिने गर्छन । उनले अन्धाबालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई अर्थ दान पनि गरेका छन् । 

यसको अतिरिक्त युवा गायक रोकेश गुरुङ लिटल एन्जेल्स कलेजमा हुदा पौडीका स्वर्ण पदक बिजेता पनि हुन् । गिटारको अतिरिक्त गायक गुरुङ बास्केट बल ,पौडी ,लन टेनिस पनि खेल्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा