२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘३३ किलो सुन छिर्ने एअरपोर्टबाट छोरी तिमीलाई २ पोका मिठाइ छिरेन’ – भिडियो

२०७५, १४ फाल्गुन मंगलवार ०९:२०

फागुन १४, काठमाडौँ | सरकारले गरेको कामको आलोचना सहित धमाधम गीतहरु सार्वजनिक भएका छन् । केहि दिन अघि पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' भाइरल भएको अवस्थामा त्यस्तै अर्को गीत सार्वजनिक भएको छ । 

यो गीत बैदेशिक रोजगारीमा जाने युवाहरुले नेपाल फर्कंदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भोग्नुपरेको पिडाको बिषयलाई चित्रित गरि तयार पारिएको छ । नेपाल एयरपोर्टको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियमलाई लाखौं बैदेशिक रोजगारीमा रहेका युवाहरुले बिरोध गर्दै आएका छन् । 


यो गीतका गायक सुर्य खड्का आफैमा परदेशी हुन् । जापानमा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखेर व्यंग्यात्मक शैलीमा गीत मार्फत भनेका छन् - 

"झोला खाली एयरपोर्ट मै गर्देशी  

के लगेर जान्छ घर परदेशी

गरीवको त दिनै फिरेन

३३ किलो सुन छिर्ने एयरपोर्टबाट 

छोरी तिमीलाई दुई पोका मिठाई छिरेन"


उनको गीतले सरकारले लिएको नीतिलाई भन्दा पनि एयरपोर्टभित्रको बेथितिलाई उजागर गर्न खोजेका छन् । कसैले ३३ किलो सुन छिराउन सक्ने अनि विदेशबाट आफ्नो देश धानिरहेको युवालाई स्वदेश फर्कंदा बिभिन्न पिडा दिने ? भन्ने उनको शब्दको सार बुझिन्छ । सुर्य थापाको स्वरमा रहेको प्रस्तुत गीतमा गीतकार शिव अखेलीको शब्द रचना रहेको छ भने गायक सुर्य खड्काले नै लय दिएका छन् । सुर्य थापाकै युटूवबाट सार्वजनिक भएको गीतको नाम 'एअरपोर्ट काण्ड' दिईएको छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन