२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका विष्णु माझीलाई गीत गाउने क्रममा गायकले भेट्न पाउँछन् कि पाउँदैनन् ? गायकको अनुभव

२०७६, १४ जेष्ठ मंगलवार ०८:३२

जेठ १४, काठमाडौँ | नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चीत गायिका बिष्णु माझी सार्वजनिक हुन चाहने गायिका अन्तर्गत पर्दिनन् । एल्बम् तथा उनको गीतको कभर फोटोमा एक/दुई फोटो बाहेक अरु देख्न पाइन्न । तर उनि वर्तमान लोकदोहोरी क्षेत्रमा एउटा ब्राण्ड बनेर दर्शकहरु माझ छाएकी छिन् । उनका हरेक गीत दर्शक माझ लोकप्रिय हुनुले पनि उनको बारेमा जिज्ञाशा राख्नु स्वभाविकनै हो । 

यति धेरै चर्चित गायिका किन कुनै जमघट, कुनै सांगीतिक महोत्सवमा सार्वजनिक हुदिनन् ? नत कुनै मिडियामै उनको अन्तर्वार्ता हेर्न पाइन्छ । त्यसो त यतिका धेरै सामाजिक सञ्जालको ट्रेन्डमा उनको कुनै पेज तथा प्रोफाइलहरु पनि छैनन् । तर पनि उनको स्वरमा जादु छ जसको भरमा लाखौँ फ्यान छन् । 

वर्तमान समयमा विष्णु माझीको मौलिक स्वरसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यसैले पनि हुन सक्छ उनले नेपाली गायिकाहरु मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिन्छिन् । माझी अहिले एउटा लोकदोहोरी गीतमा स्वर भरेबापत ५० हजार भन्दा बढी पारिश्रमिक लिन्छिन् । तर उनलाई गीतको कुनै खडेरी छैनन् । 

माझीसँग गीत गाउने गायकको अनुभव 

पछिल्लो समय सार्वजनिक एउटा गीत 'फूल जस्तै' मा बिबि गुरुङ र विष्णु माझीको स्वर सुन्न सकिन्छ । बिबि गुरुङकै लगानीमा बनेको उक्त गीत गाउने क्रममा गायक गुरुङले समेत गायिका माझिलाई भेट्न पाएनन् । यतिसम्मकि उनले कहिले गाएर गइन् भन्ने सम्मको पत्तो भएन । गायक गुरुङ मात्र नभई अन्य गायकहरुको समेत विष्णुमाझीसँग गीत गाउँदाको अनुभव एकै हुने गरेका छन् । गायिका माझीलाई गायकले समेत आए/गएको देख्न नसक्ने कति अचम्मको कुरा ? त्यसो त उनि काठमाडौँमै छिन् सबैलाई थाहा छ तर त्यति चर्चीत पात्र कुन ठाउँमा बस्छिन्, घरमा बस्छिन् वा भाडामा ? कुन तरिकाको गेटअपमा हिड्छिन् सबै गौण छ । 

आज हामीले गायिका विष्णु माझीसँग गीत गएको अनुभव संगालेका गायक बिबि गुरुङसँग अन्तरंग कुराकानी गरेका छौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन