2026-10-24 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन् : मंगलबार पक्राउ पर्नसक्छु, आन्दोलन गर्नुहोला

चैत ५, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरूलाई गिरफ्तारीविरुद्ध आन्दोलन गर्न अपिल गरेका छन्।

उनले फेसबुक र ट्विटरले प्रतिवन्ध लगाएपछि आफैले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आफ्नो सम्भावित गिरफ्तारीबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘रिपब्लिकन पार्टीका नेता तथा सयुक्त राज्य अमेरिकाका पूर्वप्रधानमन्त्री आगामी मंगलबार पक्राउ पर्न सक्छन्। गिरफ्तारीविरुद्ध प्रदर्शन गरी हाम्रो देशलाई फिर्ता ल्याउनुहोला।’

यद्यपि उनले पक्राउ पर्ने कारण भने खुलाएका छैनन्। तर उनको अभिव्यक्तिपछि धेरैले उनको गिरफ्तारीको कारण पोर्नस्टार स्टेफिनी क्लिफोर्डसँगको अफेयर हुनसक्ने आकलन गरेका छन्।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावको दौरान स्टेफिनी र ट्रम्पको अफेयरको चर्चा भएको थियो। ट्रम्पसँग अंगालो मारेको तस्वीर सार्वजनिक भएपछि उनलाई उनलाई मिडियाले त्यसबारे सोध्दा उनले बोल्न मानेकी थिइनन्।

तर सन् २०१९ मा उनले एक अन्तरवार्तामा सन् २००६ मा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताएकी थिइन्। उनले त्यसबारेमा नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको बताएकी थिइन्।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आफू पक्राउ पर्नसक्ने बताएपनि अदालतले उक्त विषयमा बोल्न अस्वीकार गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ट्रम्पको गिरफ्तारीबारे बोल्न अस्वीकार गरेको अलजजीराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने