2026-09-28 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

चैत ९, काठमाडौं । ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ। 

गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको हो। भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ।  

राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ। उनी यस दौरान पूर्ण जमानत (पर्मानेन्ट बेल)का लागि समेत आवेदन दिन सक्छन्। 

सन् २०१९ मा कर्नाटकमा आयोजित एक र्‍यालीका दौरान राहुलले ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’  भन्ने अभिव्यक्ति दिएका थिए। राहुलको उक्त अभिव्यक्तिले सम्पूर्ण मोदी समाजको अपमान गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए। 

४ वर्ष पुरानो यो मामिलामा गुजगारको सूरत कोर्टले बिहीबार राहुललाई दोषी ठहर गरेको हो।  अदालतमा मुद्दामाथि सुनुवाइ चलिरहँदा राहुल पनि उपस्थित हुने गरेका थिए। बिहीबार अन्तिम सुनुवाइ हुँदा पनि राहुल दिल्लीबाट सूरत पुगेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह