२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अर्जेन्टिनी गोलकिपर रेक्युनाले बनाए सबैभन्दा लामो दूरीबाट गोलको कीर्तिमान

२०७९, ९ चैत्र बिहीबार ०७:०४

एजेन्सी । अर्जेन्टिनी गोलकिपर लिएन्द्रो रेक्युनाले सम्भवत: हालसम्मकै सबैभन्दा लामो दूरीबाट गोल गर्ने कीर्तिमान बनाएका छन्। चिलीमा भइरहेको 'टप सकर लिग'मा कोबरेसल पक्षका उनले कोलो-कोलोमाथि उक्त गोल गरेका हुन्। 

उक्त गोलसँगै कोबरेसल ३-१ ले विजयी भएको थियो। खेलको ७७ मिनेटमा उक्त गोल भएको हो। पहिले ने २-० ले अघि रहेको कोबरेसलले उक्त गोलसँगै अग्रता तेब्बर पारेको थियो। 

बल विपक्षी गोलकिपरको हातमा रहेका बेला कोलो-कोलोका गोलकिपर सामान्य अवस्था जस्तै पेनाल्टी क्षेत्रबाहिर उभिएका थिए। त्यहीबेला विपक्षी गोलकिपर रेक्युनाले फालेको बल उनको टाउकोमाथिबाट गोलपोष्टतिर गयो। उनले बलको पिछा गरे पनि रोक्न असम्भव रह्यो। 

टिएटी स्पोर्ट्स चिलीका अनुसार उक्त गोल १०१ मिटरको दूरीबाट भएको छ। जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले समेत अनुमोदन गरेको छ। 

यसअघि ९६.१ मिटरबाट भएको गोल नै सबैभन्दा लामो दूरीको थियो। सन् २०२१ मा इग्ल्यान्डका टम किङले न्युपोर्ट काउन्टी र चेल्टेनहम टाउनबीचको खेलमा उक्त गोल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान