2026-09-28 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानको पन्जाबमा सित्तैमा दिइएको पिठो लिने क्रममा चार वृद्धको मृत्यु

एजेन्सी | पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने कोसिसमा चार वृद्धको मृत्यु भएको छ जबकि कोही बेहोस भएका छन् । समाचार एजेन्सी पिटिआईले पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । 

उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबादल सहरमा यस्तो घटना भएको जानकारी दिए ।  सित्तैमा पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए ।

‘मृतकमध्ये दुई जनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको हो,’ उनले भने । यस्तै, त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।

खबरका अनुसार पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह