2026-09-26 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले डिभी खुलाएजस्तै जुलाईदेखि अष्ट्रेलियाले पनि डिभी लट्री खुलाउँदै

चैत १३, काठमाडौँ (एजेन्सी) । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकामा प्रयोग हुने “ग्रीन कार्ड” प्रणाली जस्तै गर्ने गरि नयाँ कानून अन्तर्गत प्रत्येक वर्ष तीन हजार विदेशी कामदारहरूलाई स्वदेशमा ल्याउन लट्री निकाल्ने भएको  छ ।

दशकौंदेखिको भिसा नीतिबाट बाहिर आएर अष्ट्रेलियाले प्यासिफिकका देशका मानिसहरूका लागि यो योजना खोल्ने योजना बनाएको छ । अष्ट्रेलियाले खोल्ने डिभी लट्री आवेदन परेकाहरु मध्येबाट छनौट हुने बताइएको छ । जसले अमेरिकामा झैँ स्थाई बस्न र काम गर्न सक्नेछन् ।

छनौट भएकाहरुले प्रक्रियामा जान दुई चरण पार गर्नुपर्ने छ । जसमा पहिलो चरणमा अष्ट्रेलियामा रोजगारको प्रस्ताव गर्न सक्ने र उनीहरू आउनुअघि उनीहरूको स्वास्थ्य, चरित्र र आधारभूत अंग्रेजी सीपहरू जाँच गर्न परीक्षणहरू पूरा गर्न आवश्यक पर्ने छ । अमेरिकाको डिभी आवेदकहरुको हकमा उमेर हद नलागे पनि अष्ट्रेलियाले भने डिभी लट्रीमा १८ देखि ४५ वर्षको उमेर हद लगाएको छ । 

अन्तर्राष्ट्रिय विकास र प्यासिफिक मन्त्री प्याट कोनरोयले प्यासेफिक क्षेत्रसँग बलियो सम्बन्ध भएका देशहरुमा सम्बन्ध निर्माण गर्ने वाचाका साथ बिहीबार संघीय संसदमा मस्यौदा कानून पेश गरिने बताएका छन्। यो योजना जुलाईमा सुरु हुने गरि अर्को हप्ता प्यासिफिक टापु फोरमको अगाडि क्षेत्रीय नेताहरूसँग छलफल हुँदैछ ।, जहाँ विदेश मन्त्री पेनी वोंगले यस क्षेत्रमा चीनको प्रभावको बारेमा उच्च संवेदनशीलताको समयमा प्रधानमन्त्री एन्थोनी अल्बानीजको प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह