2026-09-28 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

चैत १९, काठमाडौँ | कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्।

जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, ‘सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही कारणले गर्दा उनीहरूले मलाई  बिहान साढे १२ बजे छाड्ने भनेर अहिले छाडे ताकी सबै मिडियाकर्मी गइसकेका हुनेछन्। यो देशमा जहिले तानाशाही आयो, एक क्रान्ति पनि आयो र आजको क्रान्तिको नाम राहुल गान्धी हो।’

गत वर्ष सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णयविरुद्ध अपील दायर गरेको थियो।

 २०१८ को आफ्नो निर्णयमा, सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई गैरु इरादापूर्ण हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिणत गरेको थियो।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह