2026-10-24 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

चैत २०, हेलसिन्की | फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ ।

मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै सोसल डेमोक्र्याटले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।

शीर्ष तीन दलले करिब २० प्रतिशत मत प्राप्त गरेकाले कुनै पनि दल एक्लैले सरकार बनाउन सक्ने अवस्था देखिएको छैन ।  नर्डिक देश (फिनल्याण्ड) को संसद्मा २०० सिटका लागि २२ दलका दुई हजार ४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 

“यो नतिजाका आधारमा फिनल्यान्डमा नयाँ सरकार गठनका लागि राष्ट्रिय गठबन्धन गर्न पार्टीको नेतृत्वमा वार्ता सुरु गरिनेछ,’ कन्जरभेटिभ पार्टीका उत्साही नेता पेटेरी ओर्पोले भन्नुभयो ।

सँैतीस वर्षको उमेरमा युरोपकी सबैभन्दा कान्छी नेतृ बन्न सफल मारिनले युक्रेनको समर्थन र नेटोमा सामेल हुन फिनल्यान्डको सफल आवेदनको पक्षमा वकालत गर्ने राष्ट्रपति सौली निनिस्तोसँग उहाँको प्रमुख भूमिकाको लागि अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गर्नुभएको छ । 

फिनल्याण्डका पूर्व अर्थमन्त्री तथा सम्भावित नयाँ प्रधानमन्त्री ५३ वर्षीय ओर्पोले आफ्नो आगामी कार्यकालमा कीभसँग नर्डिक देशको ऐक्यबद्धता बलियो रहने विश्वास दिलाउनुभयो ।

ओर्पोले भन्नुभयो, “पहिले युक्रेनबारे हामी युक्रेनी जनताको साथमा छौं,” ओर्पोले भन्नुभयो । हामी यो भयानक युद्ध स्वीकार्न सक्दैनौं । हामी युक्रेन, युक्रेनी जनता मद्दत गर्न आवश्यक सबै काम गर्नेछौँ किनभने तिनीहरूले हाम्रो लागि पनि लडेका छन् । यो स्पष्ट छ ।” 

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “युक्रेनबाट रूस तत्काल फिर्ता हुनुको कुनै विकल्प छैन किनभने मस्कोको युक्रेनी जनतासँग हार हुनेछ ।” 

रूससँग लामो सीमा जोडिएको फिनल्यान्डले यसै साताको सुरुमा नेटो सदस्य बन्ने अन्तिम अड्चन फुकाएको थियो भने गठबन्धनका सदस्य टर्की र हङ्गेरीले देशको सदस्यता लिने प्रयासमा हस्ताक्षर गरेका थिए ।

फिनल्यान्डको संसद एडुसकुन्टामा एनसीपीले ४८ सिट जितेको छ भने आप्रवासन र युरोपेली सङ्घविरोधी एजेन्डामा चलेको राष्ट्रवादी पार्टी फिन्सले क्रमशः ४६ सिट र मरिनको सोसल डेमोक्र्याट्सले ४३ सिट पाएका छन् ।

पर्यवेक्षकहरूका अनुसार यो परिणामले फिनल्यान्डको राजनीतिक परिदृश्यमा शक्ति परिवर्तन को अर्थ राख्छ किनकि राष्ट्रले अब राष्ट्रवादी स्वरको साथ नयाँ केन्द्र–दक्षिणपन्थी सरकार पाउने सम्भावना छ । सरकारले सन् २०१९ देखि देश तथा विदेशमा निकै लोकप्रिय प्रधानमन्त्री मारिनलाई मध्य वामपन्थी मन्त्रीमण्डलबाट प्रतिस्थापन गर्ने भएको छ ।

संसद्मा बहुमत प्राप्त मन्त्रिमण्डल गठन गर्ने लक्ष्यका साथ आगामी दिनमा एनसीपीको नेतृत्वमा सरकार गठनका लागि वार्ता शुरु हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने