2026-09-28 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यसै समर पीएसजी छाडेर बार्सिलोना फर्कदै मेस्सी !

एजेन्सी | लियोनेल मेसीले यसै समर क्लब छोड्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। उनको परिवार यसै समर उनलाई बार्सिलोनामा देख्नका लागि आँतुर रहेको भन्दै क्लबले पनि उनलाई भित्र्याउन प्रयास गरिरहेको दाबी गरिएको छ।

बार्सिलोनाले उनलाई वार्षीक सम्झौताको २५ प्रतिशत तलब कटौती प्रस्तावसहित कुल २५.६ मिलियन पाउन्ड प्रतिवर्ष दिने गरी सम्झौता गर्ने तयारी गरेको जनाइएको छ।

यद्यपि, मेसीले विश्वकप जितेसँगै अर्को एक वर्ष पिएसजीमा रहन सहमत भएको भन्दै सम्झौताको प्रक्रिया अघि बढाएको थियो। तर उनले मनस्थिति बदलेको भन्दै यसै समरमा पिएसजी छोड्न सक्ने जनाइएको छ।

विश्वकपका दौरान ३५ वर्षीय मेसीले अर्जेन्टिनालाई ऐतिहासिक उपाधि जिताउँदा पिएसजीका अध्यक्ष नसरी अल खालिफाले उनका बुबा जोर्गेसँग मेसीसँगको सम्झौता नवीकरणको प्रस्ताव गरेका थिए। उनका बुवाले पनि मेसीले सम्झौता नवीकरण गर्नसक्ने विश्वास व्यक्त गरेका थिए।

तर, फ्रान्सको प्रतिष्ठित अउटलेट लिक्विपले मेसी र पिएसजीबीचको सम्बन्धविच्छेद हुने चरणमा रहेको जनाएको छ। दुबैले सहमतिमा नै नयाँ कदम चाल्न लागेको जनाइएको छ।

मेसीको परिवार उनलाई बार्सिलोनामा नै आउनका लागि आग्रह गरिरहेको छ। उनले पिएसजी जानुअघि आफ्नो करिअरको अधिकांश समय बार्सिलोनामा नै बिताएका छन्।

मेसीलाई बार्सिलोनाले फाइनेन्सियल फेयर प्लेका कारण वार्षीक २५.६ मिलियन पाउण्डको २५ प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको जनाइएको छ। पछिल्लो समय उनको सम्झौता सकिने मिति नजिकिएसँगै उनको आगामी भविष्यबारेमा अनेकन अड्कलबाजीहरु भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह