2026-09-28 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

चैत २४, न्यासभिल (टेनेसी) | बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । 

राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् । 

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्र्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्काशनमा परेका हुन् । उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्काशनबाट बचेकी हुन् । उनी एक मतले निष्काशनबाट जोगिएकी हुन् । 

निष्काशनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको शिकार भएको आरोप लगाएका छन् । गम्भीर दुव्र्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरेर आफूहरूलाई निष्काशन गरिएको दाबी उनीहरूले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह