2026-09-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल–सिरिया द्वन्द्व बढ्दै

चैत २६, काठमाडौँ | इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । 

सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ । 

शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो । 

सन् १९६७ मा भएको छ दिन लामो युद्धमा इजरायलले सिरियाली भूमि गोलान हाइट्स आफ्नो नियन्त्रणमा लिएको हो । यद्यपि अन्तरराष्ट्रिय सुमदायले त्यसलाई मान्यता दिएको छैन । 

मुसलमानहरूको पवित्र महिना रमजान, यहुदीहरूको निस्तार र इशाईहरूको इस्टर चाडका बेला मध्यपूर्वमा हिंसात्मक घटनामा  वृद्धि भएको छ । 

गत बुधबार अलअक्सा मस्जिदमा प्रवेश गरी इजरायली प्रहरी मखुण्डो लगाएका तीन सय पचास जनालाई पक्राउ गरेपछि अशान्ति झन बढेको छ । त्यसको भोलि लेबनानबाट ३० भन्दा बढी शृङ्खलाबद्ध रकेट प्रहार भएका थिए । त्यसपछि इजरायलले गाजा र दक्षिणी लेबनानमा बमबारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह