2026-09-28 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको थाहा पाएपछि…

एजेन्सी | अनलाइन प्रेमिकासँग चिनजान गराउने साथीकी श्रीमतीले नै आफूलाई पछिल्लो एक वर्षदेखि झुक्क्याइरहेको थाहा पाएपछि एक व्यक्ति विक्षिप्त बनेका छन् ।

चीनको हेनान प्रान्तस्थित छुचाङ भन्ने स्थानका अधबैँसे झाउले आफ्नै परिवार सुरु गर्नका लागि म्यानमारमा  खरबुजाको खेती गरेर पैसा जम्मा गरिरहेका थिए । उनी म्यानमार गएको धेरै समय भइसकेको थियो तर आफ्ना मिल्ने साथी जियाओ लीसँग निरन्तर सम्पर्कमा हुन्थे । उनले एक दिन कुराकानीको क्रममा साथीलाई आफ्नो व्यापार राम्रै चलिरहेको र अब राम्रो महिला साथीको खोजीमा रहेको बताए । लीले पनि आफ्नी श्रीमतीको एकल जीवन बिताइरहेकी एक जना साथी भएको र चाहेको खण्डमा दुईजनाबीच चिनजान गराउन सकिने बताए । 

झाउ फलफूल खेतीका लागि विदेशमा भएकोले अनलाइन डेटिङको विकल्प थिएन । कुराकानीले राम्रै मोड लियो । तत्काल ती दुई जना प्रेममा परे । चीन नफर्किएसम्म यी दुईले आफ्नो सम्बन्धलाई अनलाइनबाट नै अघि बढाउने सहमति गरे ।

अनलाइन डेटिङ गरेको तीन महिनापछि झाउकी अनलाइन प्रेमिकाले दाइको दुर्घटना भएकोले तत्कालका लागि ७३० डलर उपचार खर्च चाहिएको बताइन् । धेरै रकम होइन भन्ने सोचेर झाउले उनलाई पैसा पठाइदिए तर त्यसको केही हप्तापछि उनले पुनः बुवा बिरामी भएको भन्दै पैसा मागिन् । यसरी उनले एक वर्षको अवधिमा जम्मा जम्मी ११,६५० डलर पठाए ।

सन् २०२३ को सुरुवात तिर झाउले आफ्ना साथी जियाओ लीलाई आफ्नो प्रेम सम्बन्ध निकै राम्रो चलिरहेको र प्रेमिकालाई भेट्न र सम्भवतः विवाह नै गर्नका लागि उनी चीन फर्किन लागेको बताए । ली त्यति बेला खुसी नै भए । तर करिब एक महिना अघि लीले आफ्ना साथीलाई फोन गरेर सायद उनको प्रेमिका अस्तित्वमा नै नभएको र सम्भवतः उनले उनकै श्रीमतीसँग डेटिङ गरिरहेको भन्दै मनको कुरा पोखे ।

‘सायद तिमी ठगिएका छौ, तिम्री प्रेमिका मेरी श्रीमती हो !’ लीले फोनमार्फत भने । चीनको टिकटक अकाउन्ट डोउयिनमा श्रीमतीले ढाँटिरहेको कुराको प्रमाणसमेत भएको लीले बताए ।

सुरुमा त झाउले यो कुरा पत्याउनै सकेनन् तर जब उनले आफ्नी अनलाइन प्रेमिकालाई सम्पर्क गरे र यसबारे सोधे, उनले वास्तविकता बताउन हिचकिचाइनन् जसले ली सही छन् भन्ने कुरामा उनी विश्वस्त भए । उनले यसबारे प्रहरी प्रशासनलाई बताइदिने चेतावनी दिए तर मिल्ने साथीले श्रीमतीले लिएको पैसा दिने बाचा गर्दै यस्तो नगर्न आग्रह गरे । पछि लीले उक्त पैसा फिर्ता गर्न नसकेपछि उनले यसबारे प्रशासनलाई जानकारी दिए । त्यसपछि यो खबर भाइरल भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह